सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन

काठमाडौं महानगरपालिका–३० ले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको छ ।मंगवार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन् । ज्ञानेश्वरमा प्रवद्र्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले आफू स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने […]

सम्बन्धित सामग्री

गगन थापाको अगुवाईमा सुरु भएको स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रम सुरु

काठमाडौं महानगरपालिका वडा ३० मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा संसदमा पुगेको बीमा ऐन अनुसारकै बीमा कार्यक्रम पनि शनिबारदेखि शुभारम्भ भएको हो। थापाले सहरी स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।

गगन थापाको अगुवाईमा सुरु भएको स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रम सुरु

काठमाडौं महानगरपालिका वडा ३० मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा संसदमा पुगेको बीमा ऐन अनुसारकै बीमा कार्यक्रम पनि शनिबारदेखि शुभारम्भ भएको हो। थापाले सहरी स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।

कांग्रेस महामन्त्री थापालाई डेंगी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापालाई डेंगी संक्रमण भइएको छ । बिहीबार सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र ज्ञानेस्वरमा गरिएको परीक्षणमा महामन्त्री थापालाई डेंगी संक्रमण पुष्टि भएको हो ।  संक्रमण पुष्टि भएपछि थापा घरमै आराम गरिरहेका छन् । थापाका सहयोगी सविनराज मुढभरीका अनुसार थापालाई थप चार/पाँच दिन आराम गर्नुपर्ने हुनसक्ने...

विशेषज्ञ वडा क्लिनिकबाट २६३ ले लिए उपचार सेवा

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिकअन्तर्गत धनगढी–७ बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा दुई सय ६३ ले उपचार सेवा लिएका छन् । बुधबारको क्लिनिकमा जनरल फिजिसियनको दुई सय र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।त्यसैगरी प्रयोगशाला सेवा लिनेको सङ्ख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको सङ्ख्या सात छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्

काठमाडौँमा आजदेखि सडकमा खानेकुरा बेच्न नपाइने

काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ । होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उनले बताए । सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए । नागरिकको सहजताका लागि कामपाले २४सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।

सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालन

सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।