‘५० करोड भनेर ५ लाख पनि ल्याउन नसकेपछि राजीनामा दिन भनिएको हो’ – अध्यक्ष चन्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनरल म्यानेजर वृतान्त खनालले काम गर्न नसकेपछि राजीनामा दिन लगाएको बताएका छन् । खनालले सामाजिक सञ्जालमा चन्दले आफूलाई कार्यालयमा रक्सी खाएर अभद्र व्यवहार गरेको हुँदा राजीनामा दिएको गम्भीर आरोप लगाएका थिए । चन्दले यी सबै आरोप मात्रै भएको बताएका छन् । ‘बसीबसी खाइरहेका थिए […] The post ‘५० करोड भनेर ५ लाख पनि ल्याउन नसकेपछि राजीनामा दिन भनिएको हो’ – अध्यक्ष चन्द first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

एक अर्ब ५० करोड खर्च गरी चितवनको नेशनल सिटी अस्पतालको स्तरोन्नति

चितवन । मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ । अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो । यहाँको श्री मेडिकल एण्ड टेक्निकल कलेजसहित दुई सयले अस्पतालमा लगानी गरेका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार हालै निर्माण गरिएको छ तले अत्याधुनिक भवनबाट सेवा शुरू गरिएको छ । “८२ हजार स्क्वायरफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो । भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था छ । भवनका लागि मात्रै अस्पतालले रू ६० करोड लगानी गरेको छ”, उनले भने। भरतपुरको चौबीसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्ण व्यावसायिक ढङ्गबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिए । अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा एक सय श्यया छन् । भविष्यमा थप ५० श्यया बढाउने योजना रहेको उनले बताए । “हाल २२ क्याविन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटीस्क्यान, छ श्ययाको बाल सघन उपचार कक्ष, १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको पोष्टअप सञ्चालनमा छन्”, उनले भने। दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिए । अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उनकोभनाइ थियो । केही दिनमै पाँच श्ययाको डायलासिस सेवासमेत दिन लागिएको उनले जानकारी दिए । रू एक अर्ब अधिकृत पुँजी रहेको अस्पतालको चुक्ता पुँजी रू ८५ करोड रहेको छ । विसं २०६५ असोज १५ गते नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई विसं २०७२ साउनदेखि भरतपुरमा सारिएको थियो ।

मञ्जुश्री फाइनान्सको शाखा कुमारीपाटीमा

मञ्जुश्री फाइनान्सले ललितपुरको कुमारीपाटीमा नयाँ शाखा उद्घाटन गरेको छ । फाइनान्सका संस्थापक अध्यक्ष तथा अमेरिकाका लागि नेपालका राजदूत दामोदरप्रसाद गौतम र फाइनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका छन् ।भदौ मसान्तसम्म फाइनान्सले एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको जनाएको छ । फाइनान्सले ११.५२ अर्ब निक्षेप […]

काभ्रेको घर्तीछाप–गोकुले–हेटौंडा सडक स्तरोन्नतिका लागि ५० करोड बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका लागि रू. ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र रू. दुई अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाई प्रदेश सरकार तथा संघीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट रू. ६७ करोड बजेटबाट स्तरोन्नति भइरहेको सो गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । उनका अनुसार थप रू. दुई अर्ब १० करोडले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ । ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय यातायातका साधन नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ । प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले उक्त सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाटै रू. ५० करोड बजेट विनियोजन गर्ने निर्णय भएको बताए । ‘यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ’, उनले भने । उक्त सडक मकवानपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृंखलापारि अवस्थित डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीय आवतजावतमा सास्ती खेप्न बाध्य हुनुपरेको छ । जिम्बाले सडक राम्रो भए डाँडापारीका क्षेत्रका मात्र नभई दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताए । उनले भने, ‘हाल जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ ।’ यसैबीच, उक्त सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोबाट हेटौँडा जोड्ने सडकसँगै बागमती खोलामा निर्माणाधीन १६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गत हप्ता निरीक्षण गरेका थिए । रू. ११ करोडमा सम्झौता भएको उक्त पुलको हाल १२ प्रतिशत मात्रै काम भएको छ । ‘पुल पाँच वर्षअघि निर्माण शुरू भएको रहेछ, उक्त पुलको कामलाई निरन्तरता दिन निर्माणकर्तालाई अल्टिमेटम दिइसकेका छौँ, अब यही बाटो भएर राजधानी हेटौँडा जान निकै सजिलो हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने । उनका अनुसार पिन्थली–महाभारत–घर्तीछाप–गोकुले सडक खण्डलाई थप बजेटका लागि अर्को आर्थिक वर्षमा क्रमागत योजना बनाइनेछ । रासस

मञ्जुश्री फाइनान्सको शाखा कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।फाइनान्सका संस्थापक अध्यक्ष दामोदरप्रसाद गौतम, संस्थाका अध्यक्ष श्रीमती इन्दिरा पण्डित घिमिरे र का.म.न.पा वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।२०७८ पुस मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको […]

काभ्रेको घर्तीछाप–गोकुले हुँदै हेटौँडा जोड्ने सडक स्तरोन्नतिका लागि ५० करोड बजेट

फागुन २७, हेटौँडा । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका लागि रू. ५० करोड छुट्याउने निर्णय गरेको छ ।  प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र रू. दुई अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा संघीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ ।  ६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट रू. ६७ करोड बजेटबाट स्तरोन्नति भइरहेको सो गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।  उनका अनुसार थप रू. दुई अर्ब १० करोडले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ ।  ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय यातायातका साधन नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ ।  प्रदेशस्थित युवा तथा खेलकुदमन्त्री रत्न ढकालले उक्त सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाटै रू. ५० करोड बजेट विनियोजन गर्ने निर्णय भएको बताए । ‘यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ’, उनले भने ।  उक्त सडक मकवानपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृंखलापारी अवस्थित डाँडापारी क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीय जनप्रतिनिधिलगायत आवतजावतमा सास्ती खेप्न बाध्य हुनुपरेको छ ।  जिम्वाले सडक राम्रो भए डाँडापारीका क्षेत्रका मात्र नभई दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताए ।  उनले भने, ‘हाल जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ ।’ यसैबीच, उक्त सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोबाट हेटौँडा जोड्ने सकडसँगै बागमती खोलामा निर्माणाधीन १६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गत हप्ता निरीक्षण गरेका थिए ।  रू. ११ करोडमा सम्झौता भएको उक्त पुलको हाल १२ प्रतिशत मात्रै काम भएको छ ।  ‘पुल पाँच वर्षअघि निर्माण शुरु भएको रहेछ, उक्त पुलको कामलाई निरन्तरता दिन निर्माणकर्तालाई अल्टिमेटन दिइसकेका छौँ, अब यही बाटो भएर राजधानी हेटौँडा जान निकै सजिलो हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने । उनका अनुसार पिन्थली–महाभारत–घर्तीछाप–गोकुले सडक खण्डलाई थप बजेटका लागि अर्को आर्थिक वर्षमा क्रमागत योजना बनाइनेछ । रासस

बुटवलमा ५० करोड लगानीको ड्रिम होटेल सञ्चालनमा

बुटवलमा अन्तर्राष्ट्रियस्तरको सेवासुविधासहित ड्रिम इन्टरनेशनल होटल प्रा.लि. सञ्चालनमा आएको छ ।  बुटवल मिलनचोकमा ५० करोड लगानीमा यस क्षेत्रमै पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटल सञ्चालनमा आएको हो ।  करीब ५ कठ्ठा आफ्नै स्वामित्वको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो तीन तारेस्तरको होटल हो । आइतवार होटलको शुभारम्भ गरिएको छ ।  सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष गोपाल रानाले होटलको औपचारिक रुपमा शुभारम्भ भएको र सेवा विस्तारको काम पनि जारी राखिएको जानकारी दिए ।&nb...

भाटभटेनीको नयाँ शाखा हेटौंडामा

भाटभटेनी सुपरमार्केटस्ले हेटौंडामा आफ्नो २०औं शाखाको उद्घाटन गरेको छ भाटभटेनी सुपरमार्केटस्का अध्यक्ष मीनबहादुर गुरुङले बुधबार नयाँ शाखाको हेटौंडामा उद्घाटन गरेका हुन् ।एक अर्ब ५० करोड बढी लागतमा नयाँ शाखाको निर्माण गरिएको गुरुङले जानकारी दिए । “हामीले यहाँ २५० जनालाई रोजगारी दिएका छौं” उनले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत पनि हामीले यहाँ काम गरेका छौं ।”उनका अनुसार […]

५० करोड लगानीमा गोरखा गार्डेन होटल सञ्चालनमा

२३ मंसिर, गोरखा । आन्तरिक तथा वाह्य पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै गोरखाको अर्घलेमा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । चितवन र गोरखाका व्यवसायीहरु मिलेर ‘स्विमिङ पुल’ सहितको होटल सञ्चालनमा ल्याएका हुन् । गोरखा नगरपालिका–६ अर्घलेमा रहेको सो होटलमा हालसम्म ५० करोड लगानी भइसकेको बताइएको छ । गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलका […]

महोत्तरीको गौशालामा अब नयाँ उद्योग

काठमाडौँ– महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा एक अर्ब ५० करोड रुपैयाँ लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शनिबार शिलान्यास गरिएको छ। आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐन्ड पेपर इन्डस्ट्रिज प्रालिको शिलान्यास गरेका हुन्। अध्यक्ष ढकाल, उद्योगपति सुनील गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी छ। उनीहरूले सोमबार संयुक्त रूपमा उद्योग स्थापनाको […]

मोरङ– सुनसरी औद्योगिक करिडोरमा तीन अर्ब ५० करोड क्षति

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करीब तीन अर्ब ५० करोड रुपैयाँको नोक्सानी भएको छ । मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग अझै बन्द छन् । मोरङको कटहरी क्षेत्रका त सबै उद्योग ठप्प छन् । कटहरीमा सानाठूला गरी ३० उद्योग सञ्चालित छन् । ‘क्षतिको…