‘वडालाई व्यवस्थित गर्न उम्मेदवारी’

लामो समय समाज सेवामा लागेकी विपना शर्मा आउँदै गरेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–११ मा वडाध्यक्षको उम्मेदवार बनेकी छन् । समाज सेवामा लाग्दै गरेकी शर्माले किन उम्मेदवारी दिने निर्णय गरिन् ? चुनाव जित्न कस्ता एजेन्डा लिएर उनी मतदातासमक्ष गइरहेकी छन् ? र, निर्वाचनमा विजयी भइसकेपछि वडाको विकासका लागि शर्माले बनाएका योजनामा केन्द्रित हुँदै आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश: तपाईंको परिचय बताइदिनुस् न ? मेरो नाम विपना शर्मा हो । काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरमा जन्मेकी हुँ । यही ठाउँमा हुर्कनुको साथै बिहे पनि यहीँ भएको हो । बसोवास थापाथलीमा छ । २० वर्षदेखि समाजसेवामा छु । थापाथली जनकल्याण परिवार, अन्धा कल्याण सेवाको आजीवन सदस्य छु । त्यस्तै १५ वर्षदेखि ज्येष्ठ नागरिकलाई दिवासेवा प्रदान गर्न ‘अधिकारका लागि प्रयास नेपाल’ सञ्चालन गरिरहेकी छु ।   आउँदै गरेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–११ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएको रहेछ । राजनीतिमा कसरी चाख लाग्यो ? सानैदेखि समाज सेवामा लागेको अनुभवका आधारमा नेपाल आमाको सेवा गर्न राजनीति नै चाहिने रहेछ भन्ने लाग्यो । समाज सेवाले मात्र नीति, नियम परिवर्तन नहुँदो रहेछ भन्ने लागेपछि राजनीतिमा लाग्ने विचार आएको हो । समाज सेवा सीमित क्षेत्रमा भयो । त्यसैले अब समाज सेवाले मात्र पुगेन । आफ्नो वडा बनाउन राजनीतिमा लागेकी हुँ । वडा कार्यालयमा कामका लागि जानुपर्‍यो भने कागजी अझ भनौं ढड्डा पद्धति छाडिएको छैन । डिजिटलाइजेशनको जमानामा भइरहेको ढड्डा प्रणालीलाई हटाउने मेरो लक्ष्य छ । कुन राजनीतिक दलबाट उम्मेदवारी दिनुभएको हो ? विवेकशील साझा पार्टीबाट । विवेकशील साझा पार्टी किन रोज्नुभयो ? अन्य राजनीतिक दलको तुलनामा प्रजातान्त्रिक भावना भएको विधान, प्रतिबद्धता पाएकाले विवेकशील साझा रोजेकी हुँ । चुनाव जित्न कस्ता योजना अघि सार्नुभएको छ ? यतिखेर म बसोवास गर्दै आएको वडाको सडक, खानेपानी, ढल, फोहोर व्यवस्थापन, पार्किङ अव्यवस्थित छ । बाग्मती सभ्यता रहेको बस्तीको हालत त्यस्तै छ । नदीको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । वडा कार्यालयमा कामका लागि जानुपर्‍यो भने कागजी अझ भनौं ढड्डा पद्धति छाडिएको छैन । डिजिटलाइजेशनको जमानामा भइरहेको ढड्डा प्रणालीलाई हटाउने मेरो लक्ष्य छ । त्यस्तै वडामा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकामैत्री पूर्वाधारको विकास गर्नुछ । बालबालिका, कर्मचारी, ज्येष्ठ नागरिकका लागि पार्क र दिवासेवा केन्द्रको आवश्यकता छ । हरियाली संरक्षणमा उत्तिकै काम गर्नुछ । वडा नम्बर ११ मा टुँडिखेल, रंगशाला, सैनिक ब्यारेक छन् । ती स्थानबाट वर्षात्मा परेको पानी रिजभ्र्वायरमा संकलन गर्न सक्ने हो भने पूरै वडावासीलाई कम्तीमा ६ महीना पुग्छ । त्यसैले वर्षात्को पानी संकलन गरेर पानीको समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्छ । हाम्रै वडामा पर्ने त्रिपुरेश्वरको यूटीसी खासै उपयोग भएको छैन । त्रिपुरेश्वरमा अवस्थित यूटीसी लक्षित गरी चारैतर्फबाट फ्लाइओभर बनायो भने व्यवसाय प्रवर्द्धन हुन्छ । यूटीसीको व्यावसायिक प्रवर्द्धन हुने हो भने पूरै वडालाई राम्रो गर्छ । त्यसैले मेरो जोड यूटीसी लक्षित फ्लाइओभर निर्माणको प्रयत्न हुनेछ । उक्त कार्यले सडकमा हुने जामको समस्या समाधान गर्न पनि सकिन्छ । साथै पार्किङ समस्या समाधान गर्न भर्टिकल रोटरी प्रविधिको प्रयोग गर्न सकिन्छ । पार्किङको समस्याले सर्वसाधारणलाई बाटोमा हिँड्न समस्या छ । मैले सानो मात्रामा किन नहोस् राम्रो कामको बीजारोपण गर्ने लक्ष्य लिएको छु । अनि मेरै वडामा राम्रा सरकारी स्कूल र अस्पताल छन् । त्यस्ता स्कूल र अस्पताललाई राम्रो व्यवस्थापन गरी उच्चस्तरीय स्वास्थ्य र शिक्षा दिन जोडदार पहल गर्नेछु । ता कि कम से कम थोरै आय भएका वर्गले पनि आफ्नो सुविधा उपभोग लिन पाऊन् । तपाईंले उल्लेख गर्नुभएका काम एउटा वडाअध्यक्षले गर्न सक्ला त ? पक्कै पनि काम गर्न कठिन छ । विज्ञहरू, वडाका ज्येष्ठ नागरिक तथा भुक्तभोगीको सल्लाह, सुझाव र सहयोगबाट यी काम पूरा हुनेमा म विश्वस्त छु ।

सम्बन्धित सामग्री

लमजुङको ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

१५ फागुन, लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका-३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका-५ पाँचोकको बीचमा रहेको  इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै  विभिन्न संरचना पनि निर्माण गरिने भएको हो । दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी […]

स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ।...

पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज

पोखराको पृथ्वीचोकमा करिब पाँच दशक अघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुवात गरेको छ।...

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्ट्स र ग्यारेज हटाइए

पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले व्यवस्थित गर्न सुरुवात गरेको छ ।

व्यवस्थित बन्यो कालीपुल बसपार्क

म्याग्दीको कालीपुल बसपार्क पछिल्लो समय व्यवस्थित बनेको छ । अव्यवस्थित संरचना हटाए आवश्यक संरचना निर्माणसँगै सरसफाइ गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र व्यवस्थित बनेको हो । देशका विभिन्न भू–भागबाट सवारीसाधन आवातजावात गर्ने कालीपुल बसपार्क व्यवस्थित र सफा देखिँदै गएपछि बसपार्कका व्यवसायी, यात्रु, यातायात व्यवसायी र सवारीचालक खुसी भएका छन् । २०६४ मा पर्वत र […]

मदिरा कारोबारलाई व्यवस्थित गरिँदै

कञ्चनपुर, पुस ५ । शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय […]

व्यवस्थित शहरीकरण आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि (निर्माण) बढाउनुपर्ने बताएका छन् । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै  देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले शहरलाई व्यवस्थित रुपमा निर्माण गर्नु आजको आवश्यकता रहेको बताए।कार्यक्रममा लिखित मन्तव्य दिएका प्रधानमन्त्री देउवाले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपति र सामाजिक विकृति फैलिने गरेको बताए । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक,

अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्न जोड

बागमती नदी किनार आसापासका जग्गा अतिक्रमण गरी बसालिएका अव्यवस्थित जग्गालाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको माग छ । बागमतीमा रहेका अव्यवस्थित बस्तीलाई व्यवस्थित नबनाएसम्म बागमती नदीको सौन्दर्यता कायम राख्न नसकिने भन्दै उनीहरूले अतिक्रमण हटाएर व्यवस्थित गर्न माग गरेका हुन् ।सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औं वार्षिकोत्सवमा बोल्दै सरोकारवालाले बागमती नदी संरक्षण र नदीको सुन्दरता […]

व्यवस्थित वैदेशिक रोजगारी

वैदेशिक रोजगारीका नकारात्मक पाटा पनि छन्। तर रेमिटेन्स आयले मुलुकको अर्थतन्त्र धानिरहेको छ र यसको तत्कालै अर्को विकल्प छैन भन्ने सरकारलाई लाग्छ भने यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ।...

सन्थालको व्यवस्थित बस्ती बन्ने

काठमाडौं, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न […]