एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाईफले नयाँ जीवन बीमा योज...