काठमाडौं : शून्य कोभिडको अभियान चलाइरहेको चीनमा फेरि तीव्र रुपमा कोरोना संक्रमण बढेको छ। हिजो एकै दिन ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यो तुलनात्मक रुपमा निकै ठूलो संख्या रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। त्यहाँको राष्ट्रिय स्वास्थ्य ब्यूरोका अनुसार एकै दिन ठूलो संख्यामा संक्रमित थपिएपछि सरकारले विभिन्न सहरमा लकडाउन, यात्रा प्रतिबन्ध तथा खोपका कार्यक्रमलाई अघि बढाउने भएको छ। राजधानी बेइजिङमा लकडाउनसहित कडा प्रतिबन्ध जारी राखिएको छ। पार्क, कार्यालय भवन तथा शपिङ मलहर