काठमाडौं उपत्यकाको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं– काठमाडौंको गागलफेदिमा आयोजित खसी कप प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघ कागेश्वरी मनोहरानगर कमिटीद्वारा आयोजित खसी कप फुटसलको आयोजना भएको थियो । सहभागी १६ वटा टिममध्ये विजेता हुने कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ वर्ग “बी” (टिम ब्रमहदिप) रहेको थियो भने उपविजेता वडा नं. ४ कै वर्ग “ए” (चन्द्र सूर्य युवा […]
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला भलिबल संघकाे सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एवं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई भलिबल वितरण गरिएको छ । सोमबार भएको कार्यक्रममा संघका अध्यक्ष सुदर्शन जमकटेल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला तथा आयोजक गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टका संस्थापक अध्यक्ष सुरेश केसी उपस्थित थिए । कलेजका अध्यक्ष केसीले नेपालको […]
The post विद्यालयलाई भलिबल वितरण first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच विभिन्न खेलका पूर्वाधारसँगै खेलकुदका विविध गतिविधि, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले […]
The post राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् […]
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पन
काठमाडौं (हाम्रो खेलकुद) – कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे । ‘कुनै पनि समाज, नगर र देशको विकासमा […]
काठमाडौं (हाम्रो खेलकुद) – विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । मुलपानीको अमरसिंह चोकस्थित कभर्डहलमा आइतबार भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी […]
काठमाडौं । श्री आदर्श कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता ६ स्वर्ण, २ रजत र १ कांस्य जित्दै २१ अंकसाथ श्री आदर्श समग्रमा च्याम्पियन बनेको हो । २ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ १९ अंक जोडेको हिन्दु विद्यापीठ दोश्रो भयो । क्रिस्टियन कम्युनिटी स्कुल (सीसीएस) र तेज विनायक समान १७ अंकसाथ संयुक्त रुपमा तेश्रो भए ।तेक्वान्दो र एथलेटिकस समावेश प्रतियोगिताको अन्तिम दिन ए
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिले नगरपालिका स्तरीय अन्डर ट्वान्टी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेका वडाहरुका बीचमा प्रतियोगिता हुने जनाइएको छ ।