भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारले अदालतबाट सफाइ पाएपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठ्यो । अनुसन्धानमा त्रुटि भएको आशंकामा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले अनुसन्धानमा संलग्न इन्स्पेक्टर सहित ३ जना प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । प्रतिवेदनमा सो मुद्दाको अनुसन्धान गर्ने इन्स्पेक्टर नानिकाजी