एमालेको मिसन ग्रासरुट अभियान- सवा लाख नयाँ सदस्यताको लागि आवेदन, १३ हजार प्रवेश

काठमाडौं । नेकपा एमालेले चलाएको दुई महिने मिसन ग्रासरुट अभियानमा १३ हजार २३८ जना प्रवेश प्रवेश गरेको बताएको छ। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले १ लाख १९ हजार ९५ पार्टीको नयाँ सदस्यताका लागि आवेदन परेको बताए। यस्तै, उनले मिसन ग्रासरुट अभियान ८७५ बैठक पालिकामा र वडामा ५ हजार ५७४ बैठक बसेको बताए।

सम्बन्धित सामग्री

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सातवटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको बनाउनुभयो । सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ …

एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन्। प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत […]

एमालेको ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताएका छन् । ‘एमाले […]

मुगुमा एमालेको 'मिसन ग्रासरुट' अभियान

जिल्लामा नेकपा एमालेको दुई महिने 'मिसन ग्रासरुट' अभियान सुरु भएको छ । केन्द्रीय सचिवालको निर्णयअनुसार शनिबारदेखि दुई महिने मिसन ग्रासरुट अभियान सुरु गरिएको एमालेले जनाएको छ ।

एमाले हुम्लाको मिसन ग्रासरुट फागुन १३ बाट हुने

सिमकोट – एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियान हुम्ला जिल्लामा फागुन १३ गतेदेखि सुरु हुने भएको छ। देशैभर उक्त पार्टीले सुरु गरेको अभियान हुम्लाका गाउँपालिकास्तरीय बैठक तथा अभिमुखीकरणका कार्यक्रम फागुन १३ गतेबाट सुरु हुने भएको हो। एमाले हुम्ला जिल्ला कमिटीका अध्यक्ष कलबहादुर हमालले उक्त अभियानका लागि सबै तयारी पूरा भएको बताए। अभियानको […]

पार्टी सुदृढीकरण तथा विस्तार गर्न एमालेको ‘मिसन ग्रासरुट’ अभियान

धनकुटा – नेकपा एमाले धनकुटाले आजदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ थालेको छ । यस अभियानले पार्टी सदस्यता वितरणलाई व्यवस्थित गर्न भौतिक उपस्थितिमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्नमा जोड दिने बताइएको छ  । अभियानको शनिबार उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विचार, नीति, सिद्धान्त नबुझाइकन नेताको गोजीबाट जथाभावी सदस्य...

एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर-घरसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारदेखि सुरु भएको छ । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेरै अभियान सफल बनाउन परिचालन गरेको छ । यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ । यस क्रममा पार्टीका नेता गाउँगाउँ तथा सर्वसाधारणको घरघर पुग्नेछन् […] The post एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर-घरसम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा नेता खटाइयो

नेकपा (एमाले) को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यही फागुन ५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तारको ‘मिसन ग्रासरुट’ अभियान यही फागुन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । अभियानको एमाले अध्यक्ष केपी शर्मा …

दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान लिएर एमाले नेताहरू गाउँ गाउँमा पुग्ने

काठमाडौं, माघ २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत महिनाभरि देशैभरि एकैसाथ हुनेछ । एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले दुईमहिने मिसन ग्रासरुट अभियान देशैभरि सञ्चालन गर्ने निर्णय गरेको हो […]