काठमाण्डौ – पशुचौपायमा फैलिएको लम्पी स्किन रोगको सङक्रमण निको हुने दर बढ्दै गएको छ ।
अहिलेसम्म देशभरका गरी १० लाख ५४ हजार पशु सङक्रमित भएको पशु सेवा विभागको तथ्याङ्क छ ।
तीमध्ये सात लाख ६८ हजार पशुमा सङक्रमण निको भैसकेको छ । अहिले सक्रिय अवस्थाका सङक्रमित पशुको संख्या २ लाख ६८ हजार छ ।
लम्पी स्किनकै कारण बितेका ५ महिनामा ४८ हजारभन्दा धेरै गाई–भैँसी मरेका छन् ।
यो रोगको सङक्रमण सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा धेरै छ । यो रोगविरुद्धको खोप एलएसपी लगाइएका गाई–भैँसीको संख्या तीन ला...