प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनः विघटन हुनसक्ने संकेत गरेका छन् । शनिबारको विशेष अन्तरवार्ताका क्रममा बाहिर फेरि प्रतिनिधिसभा विघटन र अर्ली इलेक्सनमा देश जान्छ भन्ने बाहिर चर्चा छ , जनताले कसरी बुझ्दा ठीक होला ? भन्ने लोकान्तरका प्रधान सम्पादक विमल गौतमको प्रश्नमा ओलीले भने, ‘प्रतिनिधिसभा विघटन मेरो शोख होइन । मैलै पहिले पनि भनेँ मेरो बाध्यताले विघटन गरेको थिएँ । अब पनि मेरो कुनै शोख छैन । यदि संविधानले धकेलेर त्यहीँ पुर्यो भने म गरौं के ? संविधानले मलाई एउटा स्मुथ बाटो जे दिएको थियो त्यो संवैधानि...