पर्सामा प्रहरी जवान मृत फेला परे

पर्सामा एक प्रहरी जवानको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको हो । पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार राति पोखरिया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र गिरी अचेत अवस्थामा फेला परेका थिए ।  त्यसलगत्तै उपचारका लागि अस्पतालमा पुर्याइएका गिरीलाई

सम्बन्धित सामग्री

बैतडीमा एक किशोरी मृत फेला

बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।...

जुम्लामा प्रमुख सेनानी मृत फेला

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।...

होस्टेलमा किशोरी मृत फेला

काठमाडौँ । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पाकी एक किशोरी होस्टेलमा मृत फेला परेकी छिन् । जिल्लाको रुन्टिगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन । सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टेलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । […]

विद्युतका कर्मचारी मृत फेला

काठमाडौँ – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन्। मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बताएका छन्। रावतको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। […]

पाल्पामा एक महिला मृत फेला

पाल्पा : पाल्पामा एक महिला मृत फेला परेकी छन्। रामपुर नगरपालिका-१० बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।उनी स्थानीय जलविरे सामुदायिक जंगलको भीरमा करिब ३०० मिटर तल मृत फेला परेकी हुन्। यही माघ ३ गते घरबाट हिँडेकी ती महिला सम्पर्कविहीन थिइन्।खोजी गर्ने क्रममा बिहीबार अपराह्न ४ बजे मृत फेला परेको पचभैयाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाल्पामा एक कर्मचारी मृत फेला

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा (नासु)४५ वर्षीय रामबहादुर भुजेल मृत फेला परेका छन् । भुजेल शुक्रवार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् ।  उनी आफ्नै कोठामा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी दुई वर्ष अघिदेखि त्यस कार्यालयमा कार्यरत थिए । पर्वत फलेवास नगरपालिका–४ मुडीकुवाका उनको मृत्यु प्रकरणबारे अनुसन्धान भैरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

पाल्पामा एक युवा मृत फेला

पाल्पामा एक युवा मृत फेला परेका छन् । बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई मृत फेला परेका हुन् ।

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन । जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलबाट अनुसन्धान शुरु गरि मृत शव पोस्टमार्टमका लागि डडेल्धुरा […]