नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो तत्कालको स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् । ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काठमाडौँका सांसदसमेत रहेका थापाले फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।उनले भने, ‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो