कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नम्बर ४ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र नयाँ संघर्षको बोध हुन लागेको बताए ।