एजेन्सी। पूर्वनिर्धारित अर्जेन्टिना र कोलम्बियालाई आयोजकबाट हटाएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल)ले कोपा अमेरिका २०२१ को अधिकार ब्राजिललाई सुम्पेको छ। जुन १३ देखि जुलाइ १० सम्मको प्रतियोगिताका साविक विजेता तथा पछिल्लोपटकको आयोजक ब्राजिललाई दिइएको हो। कोलम्बियामा राजनैतिक दंगा र अर्जेन्टिनामा कोरोना बढेका कारण प्रतियोगिता दुवै देशमा नगर्ने भनिएको हो।