नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताउनुभयो । “देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले जनताले विकास र परिवर्तन खोजेको भन्दै …