मोरङ – रंगेलीका राजकुमार कार्की ई–पासपोर्ट बनाउन काठमाण्डौ आएको चार दिन भयो । चार दिनको बसाइमा उहाँको दैनिक एक हजार पाँच सयका दरले ६ हजार रुपैयाँ खर्च भइसक्यो तर पनि पासपोर्ट भने पाउनुभएको छैन । ‘बायोमेट्रिक तथा औँलाको छाप राष्ट्रिय परिचय पत्रसँग नमिलेका कारण डकुमेन्ट आएन । अब फेरि सिंहदरबार जानुपर्ने भयो’, उहाँले भन्नुभयो, ‘अब कहिले आउँछ थाहा छैन । काठमाण्डौको बसाइ । महँगी छ । गरिबलाई झन् गाह्रो हुने भो ।’कार्की कुवेत जान लाग्नुभएको हो । उहाँसँग एमआरपी पनि छ, त्यसको म्या...