काठमाडौँ – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले गोर्खा भर्तीबारे सर्वोच्च अदालतले दिएको फैसलाको स्वागत गरेको छ। बिगेसोको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको गत माघ २४ गते फैसला भएको थियो। फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएसँगै बिगेसोले आफूहरुले उठाउँदै आएको समानताको कुरा सर्वोच्च अदालतबाट समेत अनुमोदन भएको भन्दै खुशी व्यक्त गरेको छ। सामान काम […]