काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक झन्डै १० घण्टादेखि बसिरहेको छ । बिहान ११ बजे सिंहदरबारमा बसेको बैठक अझै सकिएको छैन ।
बैठकका बीच–बीचमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरू ब्रिफिङका लागि दुई नेताकोमा जाँदै–फर्कँदै गरेका छन् ।
आज बिहानै सहमति हुने र एमालेका कार्यकर्ताले खुसीको खबर सुन्न पाउने बताएका नेताहरूले आज पनि सहमतिको खोजी गरिरहेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवाद चुलिँ...