बलि चढाउन ल्याएको राँगोले लखेटेपछि...

काठमाडौं । काठमाडौंको माकलबारीमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको हो । आज बिहान गोकर्णेश्वर नगरपालिकामा फूलपाती भित्र्याउन बलि दिन राखिएको राँगो बाँधेको डोरी चुँडाएर भागेको थियो । सो क्रममा मान्छेलाई लखेटेपछि...

सम्बन्धित सामग्री

जुम्लामा अटो दुर्घटना दुई जनाको मृत्यु, एक घाइते

जुम्लामा विरामी वाकेर ल्याएको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिमा गाउँपालिका १ देवार गाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ वर्षका बलि रोकायाको मृत्यु भएको हो ।

लिम्बू समुदायको दशैं मान्ने परम्परा लोपहुँदै

फुङ्लिङ । विगतका वर्षहरूमा लिम्बू समुदायको दशैं मार हन्ने र धुमधामसँग दशैं मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरू भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैंमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दशैं मान्ने परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दशैं परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोप भएसँगै लिम्बूहरूको दशैं मान्ने संस्कृति पनि लोपहुँदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दशैंपर्व मनाउने गरेको पाइन्छ । हालधर्म विशेष संस्कार वा चाडपर्व आपसी सद्भावतथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात् मनाउने गरेका छन् । गैर हिन्दू अर्थात् फरक धर्मावलम्बीका समुदायले त्यस्ता चाडपर्व मनाउने गर्नाले कतिपय पर्व साझा जस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दा पनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दशैं पर्व दहीअक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् । सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिले–पहिले भव्यरूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दशैं पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दशैं मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाको भनाइ छ । आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दशैंपर्व टीकाको दिन आफूभन्दा सानालाई दहीअक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्य जुटेर दशैंपर्व मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दशैं सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् । किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैं मनाउन र टीका लगाउन बाध्य बनाइएको बताउनुभयो । राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दशैं नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दशैंमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउनुहुन्छ । शुरूमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् । लिम्बूलाई शुरूमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरुप अहिले लिम्बूले दहीअक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दशैं मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताउनुभयो । पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दशैंमा सेतो टीका र जमरा लगाउने तथा पञ्चा बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

बलि चढाउन ल्याएको राँगोले मान्छे लखेटेपछि गोली हानी मारियो

काठमाडौँ । काठमाडौँको माकलवारिमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको हो । आज बिहान गोकर्णेश्वर नगरपालिकामा फूलपाती भित्र्याउन बलि दिन राखिएको राँगो बाँधेको डोरी चुँडाएर भागेको थियो । सो क्रममा मान्छेलाई लखेटेपछि भागदौड मच्चिएको थियो […]

हरसिद्धि जात्रा सुरु

ललितपुरको हरसिद्धि गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ । सो क्रममा त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा (भेडा)को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

हरसिद्धि जात्रा सुरु

ललितपुरको हरसिद्धी गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा  तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ ।  सो क्रममा त्रिवेणीघाटमा रहेको बासुकी नागमा जल चढाएर थुमा ९भेडा०को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु-याएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।मेलाका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यका अनुसार आज बिहानैदेखि नाचगान सुरु भएको छ भने दिनभरिमा पञ्चबलि (थुमा, बोका, र

पनौतीमा १२ वर्षमा एक पटक लाग्‍ने ‘हरसिद्धि जात्रा’ सुरु

बनेपा- काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सोमबारदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरूसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्‍न गरेको छ । हरसिद्धि पाटीमा राखेर पूजा गरी...

पनौतीमा १२ वर्षमा एक पटक लाग्‍ने ‘हरसिद्धि जात्रा’ सुरु

बनेपा- काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सोमबारदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरूसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्‍न गरेको छ । हरसिद्धि पाटीमा राखेर पूजा गरी...

पनौतीमा १२ वर्षमा एक पटक लाग्‍ने ‘हरसिद्धि जात्रा’ सुरु

बनेपा- काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सोमबारदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरूसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्‍न गरेको छ । हरसिद्धि पाटीमा राखेर पूजा गरी...

आर्थिक समृद्धिमा प्राकृतिक स्रोत संरक्षण

आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याका रूपमा आइरहेको छ जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकुल असरसमेत परिरहेको छ । विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रोजस्ता साना मुलुकसमेत यसको चपेटामा परिरहेका छन् । विश्वमा बढ्दो घना बस्ती तथा कलकारखानाबाट उत्पादित हरितगृह ग्यास उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण पृथ्विको सतहमा प्रवेश गरी तापक्रम वृद्धि भएको छ । यही कारण हिम शृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमीनको मरुभूमीकरण, बाढीपहिरो, विनाशकारी एवं बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबड हुँदै जाने परिणाम देखापर्छ ।  हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छाैं ।  वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्वयक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।  वातावरण विनाशबाट विश्वमा नै खडेरी पर्ने सम्भाना छ । प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको त्यस्तै हस्तान्तरण गर्न आजको आवश्यकता हो । यसै सिलसिलामा बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व जगत्मा नै सचेतना बढाउने उद्देश्यले सन् १९९५ जुन १७ तरीखमा विश्व समुदायले विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाउँदै आएका छन् । सन् २०२१ को विश्व खडेरीविरुद्ध संघर्ष दिवसचाहिँ खाद्यान्न सुरक्षा, आय अनि जीवनयापनमा केन्द्रित भई पैरवी गर्ने बताइएको छ । विश्वमा मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो । हाम्रो देशमा प्रकृतिमाथि भएको अविवेकी क्रियाकलापहरूबाट सृजित समस्या यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला ।  सरकारले खानी तथा ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा घटाउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत योजना ल्याएको छ । सम्बद्ध निकायले ती ढुंगा, गिट्टी, बालुवा उत्खननका लागि पहिचान गरेको ९२ स्थानमध्ये धेरै स्थान चुरे क्षेत्र नजीक पर्ने भएकाले कालान्तरमा त्यसको कुप्रभावबाट वातावरण विनाश भई हाम्रो देशको अन्नको भण्डार तराई क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नेछ । यसबाट प्राकृतिक स्रोत माथिको दोहन बढ्दा पानीको स्रोत घटी पिउने तथा सिँचाइको पानीको अभाव भई खडेरी परी कृषि उपज उत्पादनमा ह्रास आउनेछ । यो त एक प्रतिनिधि घटना मात्र हो । माथि भनेजस्तै खडेरी वा मरुभूमीकरणको कुरा गर्दा प्राकृतिक स्रोतमा मानिसको अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्राकृतिक स्रोत दोहनको मुख्य समस्या हो ।  खडेरीलाई प्राकृतिक असरका रूपमा पनि लिइन्छ । प्राकृतिक विनाशका कारण मौसममा व्यापक परिवर्तन भई भूमिमा उत्पादन घट्न गई भूमि क्रमशः अनुत्पादक भई खडेरी पर्न गई मरुभूमिमा परिणत हुँदै गरीबी बढाउँछ । प्राकृतिक स्रोत दोहनका कारण विश्व मानचित्रमा सबै देश खडेरी र मरुभूमीकरण ढिलोचाँडो जोखिममा छ भने हाम्रो देशमा पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ । मलिलो उर्वर खेतीबाली भन्दा कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषियोग्य जमीन नाश भएको छ । यसको उदाहरणको रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ । वास्तवमा कृषि उपज क्षेत्र घडेरीमा परिणत गर्दा हामीले बहादुरी सम्झन्छौं । तर, खेतबारीको कृषि उपजको भरमा हामी बाँचेको भने हामीले बुझेर पनि बुझ पचाइरहेका छौं । यथार्थ कुरा तीतो हुन्छ । तैपनि वास्तविक कुरा उल्लेख गर्नु नै पर्छ । भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो । नेपाल एक कृषि प्रधान देश हो । यहाँ जैविक विविधता एवं प्राकृतिक छटाहरूको उद्गम स्थल रहेको छ । समुद्री सतहबाट ६०–८८४८ मिटर उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्नलायक छ । ६६ प्रतिशत जनसंख्या पूर्णरूपमा कृषिमा निर्भर रहेको छ जसमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको करीब ३३ दशमलव ६ प्रतिशत योगदान रहेको छ ।  भूमाफिया र रियल इस्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको दुरुप्रयोग र भूउपयोगको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् । हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छौं । हामीलाई थाहा नै छैन माटो, पानी, आकाश, अग्नि र हावा पञ्चतŒव संरक्षण गर्नुपर्छ भन्ने कुरा । थाहा पाए पनि बुझ पचाइरहेका छौं । विश्व खडेरी विरुद्ध दिवसको नारा ‘हाम्रो जमीन, हाम्रो घर र हाम्रो भविष्य’ रहेको छ ।  अतः प्राकृतिक स्रोत विनाश नहुनेगरी उपयोग गर्नुपर्छ । माटोलाई खनीखोस्री कृषि कर्ममा लागि खाद्य उत्पादनमा ध्यान दिनु साथै मरुभूमि होइन, हरियाली बनाउने वातावरणको आवश्यकता छ । जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ । त्यसैले प्राकृतिक स्रोत संरक्षण गरी खडेरी तथा मरुभूमि हुन रोक्नु आजको आवश्यकता हो । हरेक वर्ष जुन १७ मा मनाइने विश्व खडेरीविरुद्ध संघर्ष दिवसले सार्थकता पाउनेछ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।