काठमाडौं : काठमाडौं महानगरले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
शुक्रवार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा हटाएको पार्किङ तत्काल कायम नगरे महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।
बोर्डले विगत लामो समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ।
बोर्डसँग छलफल र संवा...