ब्रिटिश प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रहको पत्रः अब आमरण अनशन बस्छौं
गोर्खा सत्याग्रह अभियानले ब्रिटिश प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र पठाउँदै आफ्ना मागहरु पुरा नभए आफ्ना तीन जना सदस्यहरुले आउँदो जुलाई १ तारिखदेखि आमरण अनशन गर्ने चेतावनी दिएको छ।
भूतपूर्व ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिले तलब, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरूको जीवन रक्षाका लागि प्रदर्शन गरेको छ । बेलायतमा रहेका भूतपूर्व ब्रिटिस गोर्खाले आफूहरूलाई समान काममा तलब, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा […]
भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव
भूतपूर्व गोर्खाहरू बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आमरण अनशन बसेको १२र्औ दिन पुग्दासमेत बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके–नेपालले भोलिदेखि अनशन बस्ने चेतावनी दिएको छ ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले नेपाल सरकारले बेलायतसँग कूटनीतिक पहल नगरेको आरोप लगाउँदै भोलिदेखि विरोध […]
समान तलब, पेन्सन र अन्य कल्याणकारी सुविधाको माग गदै भूतपूर्व ब्रिटिश गोर्खा सैनिक १० दिनदेखि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनको कार्यालय टेन डाउनिङ स्ट्रिटबाहिर आमरण अनसनमा बसिरहेका छन् । तर, उनीहरुको मागको सम्बन्धमा बेलायतले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । भूतपूर्व गोर्खा सैनिकले आन्दोलन गरेको यो पहिलोपटक भने होइन । विशेषतः सन् १९९० देखि उनीहरु […]
गोरा सैनिक सरहको सेवा र सुविधा माग गर्दै केही दिनयता बेलायतको राजधानी लण्डनमा आमरण अनशन बसेका गोर्खा भूपू सैनिकको माग पूरा गर्न कुटनीतिक पहल गर्न नेकपा एमालेले माग गरेको छ । एमालेले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या …
गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति त्यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री …
लण्डन। भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवास अगाडि शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ। बेलायती कानुनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले हटाइदिएको हो। प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो। कानुनको बहाना बनाएर बेलायत सरकारले अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए।
पहिलो चरण २४ घण्टाको रिले अनशन १८ दिनको लागि सुरु गरेर सरकारलाई दवाव दिने, यति गर्दा पनि सरकारले सुनेन भने आमरण अनशन सुरु गर्ने योजना अनुसार यही ७ अगष्टबाट आमरण अनशन बस्न लागेका हुन्।