सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन २०७३ सालदेखि विभिन्न जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेको छ । महत्वाकांक्षी परियोजना ल्याइए पनि कार्यान्वयन पक्ष फितलो हुँदा सरकारी योजना असफल हुने गरेको छ । त्यसको ज्वलन्त उदाहरण हो बाँकेको नेपालगन्जस्थित परियोजनाको मकै जोन कार्यालय ।