कर्णाली प्रदेश : मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनी

 फौजदारी  अभियोग लागेका कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई पदबाट बर्खास्त गर्न प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने समेत चेतावनी दिएको छ ।कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा सोमबार सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले ‘नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ?’ भन्दै प्रश्न गरेका थिए । उनले भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई तत्काल बर्खास्त गरेर

सम्बन्धित सामग्री

कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।...

कर्णाली प्रदेश : भाग पुर्‍याउन माओवादीले फिर्ता बोलायो मन्त्री

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर माओवादीले रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई पठाउन लागेको छ । माओवादी केन्द्रको संसदीय दलको साउन […]

माओवादीले कर्णाली प्रदेश सरकारबाट दुुई जना मन्त्री फिर्ता बोलायो

सिमकोट – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा नयाँ दुई जनालाई सहभागी गराउन माओवादीले हालका ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएको हो। माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार पार्टी केन्द्रको निर्देशन अनुसार सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलाएर […]

कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री बिष्ट

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट नियुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री बिष्टलाई कर्णाली प्रदेश सरकारको प्रवक्तामा नियुक्त गरेका हुन् ।  कर्णाली...

कर्णाली प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री विष्ट

४ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री विन्दमान विष्टलाई दिइएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्टलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेका हुन् । विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् ।

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

सुर्खेत - कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो  । समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुनुहुनेछ । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दि...

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा

सुर्खेत । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् ।एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए । उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्

कर्णाली प्रदेश सभा सचिवालयमा पहिलो गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आइतबार सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ दर्ता गरेका हुन्।

कर्णाली प्रदेश : भौतिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापा र सचिव गोपालप्रसाद सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापा र सचिव सिग्देलले आज कार्यसम्पादन फाइलमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् । त्यस्तै,सचिव सिग्देलले महाशाखा प्रमुख तथा १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।उक्त कार्यक्रममा मन्त्री थापाले मन्त्रालयको कार्य प्रगति कर्मचारीहरूसँग जोडिएको छ भन्दै