ललितपुर : स्क्वास खेलाडी स्वस्थानी श्रेष्ठ अहिले दिनहुँ मेहनत गरिरहेकी छिन्। पहिलो पटक एशियाली खेलकुदमा सहभागी हुन लागेकी उनलाई कसरी हुन्छ राम्रो प्रदर्शन गर्ने हुटहुटी चलेको छ।९ औँ राष्ट्रिय खेलकुदमा रजत जित्न सफल भएकी उनले केही दिनअघि सम्पन्न पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा तृतीय स्थान हासिल गरेकी थिईन्। १९ औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालले स्क्वासमा ३ इभेन्ट्सबाट ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न लाग्दा महिला खेलाडी स्वस्थानी पनि भाग लिने टोलीमा अटा