दशैँ तिहारमा घर फर्कँदै हुनुहुन्छ ? अरूको सामान साथमा बोकेर नआउनुहोस्

काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ र साथीभाइ वा आफन्तको सामान पनि साथमा ल्याइदिने योजनामा हुनुहुन्छ भने सचेत हुनुहोस् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले घर फर्किदा कोही पनि साथीभाइ वा अन्य मानिसको उपहार साथमा लिएर नआउन अनुरोध गरेको छ । दशैँं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने...