लमजुङ – लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लमजुङको उदीपुर सबस्टेशनका ३३ केभी तथा ११ केभी फिडरबाट प्रसारण हुने विद्युत् लाइन यही चैत २० र २१ गते बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणको लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले जानकारी दिनुभयो ।
वितरण केन्द्रअन्तर्गत मर्स्याङ्दी–उदीपुर प्रसारण लाइनमा रहेका जीर्ण काठका पोल तथा कन्डक्टर ‘अपग्रेडिङ’ गर्नुपर्ने भएकाले दुई दिनसम्म विद्युत् आपूर्ति बन्द हुने केन्द्रका प्रमुख गुरुङले बताउनुभयो ।...