गएको पुस ५ गते पोखरास्थित फलेपाटनमा रहेको सिद्ध माध्यमिक विद्यालयमा कक्षा नर्सरीमा पढ्ने एक बालकको लिङ्गमा रबरले बाँधिएको भेटियो । बिहान विद्यालयमा आएको समयमा विद्यालयकी एक शिक्षिकाले बालकको लिङ्गमा रबरले बाँधेको भेटिन् र हतारहतार उनको उद्धार भयो । सडक तथा अनाथ बालबालिकाको उद्धार, हेरचाह र शिक्षाको जिम्मा लिएको न्यु लाइफ स्कुल भन्ने होस्टलमा रहेका ती बालकले ओछ्यानमा धेरै पिसाब गरेको भन्दै होस्टलका कर्मचारीले बालकको लिङ्गमा रबरले बाँधिदिएको पोल खुल्यो । त्यसलगत्तै ती कर्मचारीलाई प्रहरीले पक्