काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शनमा उत्रिएको समूह र प्रहरीबिच घम्साघम्सी भएको छ।
आज दिउँसो नयाँ बानेश्वरको संसद भवन अगाडि प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको हो। भिडलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज समेत गरेको थियो। जसको क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए। जब प्रतिनिधि सभा विघटन विरुद्धको नारा लगाउँदै समूह संसद भवनतिर…