विश्वभर कोरोना भाइरसबाट हुने साप्ताहिक मृत्युको संख्या मार्च २०२० यताकै न्यून पुगेको खुलासा गर्दै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ महामारीको अन्त्य नजिक देखिन थालेको घोषणा गर्यो । सन् २०२२ सेप्टेम्बर ५ मा सार्वजनिक साप्ताहिक विश्वव्यापी मृत्युको तथ्याङ्क ११,११८ थियो । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुरुप कोभिड–१९ को खोप व्यापक वितरण गरिएकाले सन् २०२१ मा १ करोड ९८ लाख मानिसको मृत्यु हुनबाट जोगिएको थियो । यद्यपि, कोरोना भाइरस अझै पनि ‘तीव्र विश्वव्यापी आपतकाल&