नेपाल ल्यूव आयलले असोज २८ गते ३१ औं वार्षिक साधारणसभा गर्ने भएको छ । असोज ४ गते बसेको कम्पनीको संचालक समिति बैठकले यस्तो निर्णय गरको हो । कम्पनीले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि सभामा लाँदैछ । कम्पनीको संचालक समितिले गरेको सो प्रस्ताव सभाले पारित गरेमा लाभांश वितरण गरिनेछ । कम्पनीका अनुसार यस्तो लाभांशमध्ये २५ प्रतिशत बोनस सेयर रहेको छ र ५ प्रतिशत नगद लाभांश छ । साधारणसभा प्रयोजनकै लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म कम्पनीको सेयर दाखिला खारेजी कार्य बन्द रह