तनहुँ – तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी। अहिले जिल्लामा चैते धान रोपाइँँ […]
कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह […]
कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् । लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति पु¥यायो ।खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ, नदीले
लमजुङ– लमजुङको राइनास नगरपालिका-४ सातविसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धान खेती गरेका छन् । कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीले विद्यालयको चार रोपनीभन्दा बढी जमिनमा सामूहिक धान खेती गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितीमा शिक्षक र विद्यार्थीले राइनास नगरपालिका- ४ को टिमुरेस्थित विद्यालयको जग्गामा उन्नत जातको […]
जे.पी. गुप्ता- ******* (भाग-१) अन्ततः मैले यस बर्ष धान खेती नगर्ने निर्णय लिए। अस्ति बजेट आउने दिनसम्म पर्खेको थिए, मैले अनुभव गरिरहेको कठिनाईको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर। बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन्। यसले गर्दा पछि पछि मुलुकमा धेरै राम्रा प्रगतिहरू होलान्। तर, म मेरो तत्कालको समस्यामा केन्द्रीत रहेर […]
काठमाडौँ सहर तनावमा छ । फेरि पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । फेरि निषेधाज्ञा हुने त होइन भनेर जागिरे/व्यापारीलाई चिन्ता छ । त्यही चिन्तित मन लिएर यतिबेला तपाईं डुल्दै खोकना पुग्नुभयो भने केही बेरकै लागि भए पनि तपाईं त्यो चिन्ताबाट मुक्त बन्नु हुनेछ । माथि डाँडाबाट खोकनाको धान खेती यति मनमोहक देखिन्छ, तपाईं खुसी हुनबाट आफ्नो मनलाई थाम्न नै सक्नुहुन्न ।त्यहाँ न निषेधाज्ञाको चिन्ता छ न कोरोनाको त्रास नै । किसानहरू आफ्नो नित्य कर्ममा रमाइरहेका छन् । हेर्नुहोस् केही तस्बिरहरुः
असार ८, कञ्चनपुर । बेलौरी नगरपालिका-६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छाडेका छन् ।
सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उनी ब्याड नराखी सिधै धान फलाउने योजनामा रहेका छन् ।
कम खर्च र लागतमा बढी उत्पादन दिइने भएपछि उनी छरुवा प्रविधिमा आधारित धानखेती गर्ने योजनामा रहेका हुन्। विगत पाँच वर्षदेखि वडायकले छरुवा (डीएसआर) प्रविधिबाट धान खेती गर्दै आएका छन् ।
शुरुमा एक बिघा क्षेत्रफलमा गरिएको छरुवा धान खेतीबाट कम लागतमा बढी उत्पादन दिएपछि अहिले उनले यसलाई पाँच बिघा क्षेत्रफलमा विस्तार गरेका छन् । ‘विगत दुई वर्ष यो विधिबाट खेती गर्न सिक्यौं’, उनले भने, ‘आधुनिक स्रोत संरक्षण प्रविधिबाट खेती गर्दा उत्पादन बढ्दै गएको छ ।’
सिसा परियोजनाबाट तालिम लिएपछि अहिले आफू छरुवा प्रविधिबाट धानखेती गर्नेतर्फ आकर्षित भएको उनको भनाइ छ । यो प्रविधिबाट उनले सावा मन्सुली, सर्जु- ५२, बहुगुणी- २, सिल्की- २७७ र राधा- ४ जातको धान लगाएका छन् ।
परम्परागत तरिकाबाट हिल्याएर रोपाइँ गरी लगाइएको धानखेतीभन्दा छरुवा प्रविधिबाट लगाइएको धानखेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुने उनको भनाइ छ । ‘गत वर्ष छरुवा प्रविधिबाट एक बिघा क्षेत्रफलमा लगाइएको हर्दिनाथ धानको उत्पादन ४५ क्वीन्टल भएको थियो’, उनले भने, ‘परम्परागत तरिकाबाट खेती गर्दा सोही क्षेत्रफलमा मुस्किलले १० क्वीन्टल धान उत्पादन हुन्थ्यो ।’
परम्परागत तरिकाको खेतीले जीविकोपार्जनमै ठिक्क हुने भएकाले नयाँ प्रविधि अपनाएको उनको भनाइ छ । धानखेतीलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न सक्यौं भने प्रतिवर्ष उत्पादनमा वृद्धि हुँदै जाने उनको विश्वास छ ।
थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानका लागि उपयुक्त हुने उनको भनाइ छ । ‘यो तरिकाबाट खेती गर्दा ब्याड राख्नुपर्दैन, बीउ उखेल्न र रोप्न पनि पर्दैन”, उनले भने, ‘एक बिघामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म बचत हुन्छ ।’
यो प्रविधिमा सिड ड्रिल मेसिनबाट सिधै खेतमा धान छरिन्छ । छरुवा धान प्रविधिबाट खेती गर्दा समय, पैसा र इन्धनको समेत बचत हुने हुँदा यो प्रविधि प्रवर्द्धन गर्नुपर्ने अर्का किसान खडक चौधरीको भनाइ छ । परम्परागत तरिकाभन्दा यो प्रविधिबाट खेती गर्दा श्रमशक्तिमा २५ देखि ३० प्रतिशत र पानीमा २० प्रतिशतसम्म बचत हुने उनको भनाइ छ ।
पछिल्लो समय कैलालीमा उनीजस्तै धेरै किसानले छरुवा धान खेती प्रविधि अपनाउन थालेका छन् । थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानको रोजाइमा परेको बेलौरी नगरपालिका कृषि शाखाका कृषि प्राविधिक हरिश सेटीले बताए।
‘उचित समयमा झारपात व्यवस्थापन गरे उत्पादन बढ्छ”, उनले भने, “अहिले समय, पैसा र इन्धनको अभाव छ । त्यसैले हामीले यो प्रविधिलाई जोड दिएका हौं।’ शुरुमा बेलौरीका दुई जना किसानले यो प्रविधिबाट धान खेती गर्दै आएकोमा पछिल्लो समय सात जनाभन्दा बढी किसानले यो प्रविधि अपनाएका छन् । रासस
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका हात्तिबोझाका किसान असारे बडायकले डीआरएस प्रविधिमा खेतमा लगाएको धान बाली । पाँच बिघा जग्गामा बहुगुणी दुई, सावा मन्सुली, सर्जु ५२, सिल्की २७७ लगायत धान रोपिएको छ ।
नेपालमा मनसुनको शुरुवात ढिलो गरी हुने क्रम बढ्दै गएको हुनाले धान रोप्ने समय पनि ज्यादै ढिलो हुन थालेपछि नेपाल कृषि अनुसन्धान परिषद्ले विकल्पको रुपमा छरुवा धान खेती प्रविधि(डीआरएस) को विकास गरेको छ ।
छरुवा धान खेती गर्ने औजार, झारपात व्यवस्थापन, उन्नत जात, उपयुक्त लगाउने समय, मलखाद आदिको उपयुक्त प्रयोग गर्न सकिएको खण्डमा यो प्रविधिद्वारा उत्पादन लागत कम गरी धानको उत्पादन बढाउन सकिने कृषि विज्ञहरु बताउँछन् । तस्वीर : रासस
नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका–११ अमारेमा गरिएको चैते धान खेती । वाग्तमती प्रदेश सरकारले सिँचाइका लागि बजेट उपलब्ध गराएपछि यहाँका जनता लाभान्वित भएका छन् । तस्वीर : रासस