कञ्चनपुरमा बाढीले पाक्नै लागेको धान खेती नष्ट, किसान चिन्तित

कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् । लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति पु¥यायो ।खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ, नदीले

सम्बन्धित सामग्री

धान थन्काउने बेलामा रोग देखिँदा चितवनका किसान चिन्तित

चितवन । जिल्लाका सात पालिकामध्ये धानको पकेट क्षेत्र खैरहनी नगरपालिकामा विभिन्न रोग देखिँदा किसान चिन्तित भएका छन् । थन्काउने बेलामा धान बालीमा फड्के, ब्लास्ट रोग देखिएपछि उनीहरू चिन्तित भएका हुन् । धान रोपेर हालसम्म खासै जटिल समस्या नदेखिए पनि पाकेर काट्ने बेलामा यो रोग देख्दा उनीहरू निराश छन् ।  खैरहनी नगरपालिका–२ का किसान प्रेमनाथ मरहट्ठाले धान पाकेर काट्ने बेलामा रोग देखिँदा आफू चिन्तित भएको बताउंँछन् । ‘मेरो १५ कट्ठा जमिनमा धानखेती छ । धानमा रोग देखियो । अब न चामलको गेडा राम्रो देखिन्छ न त उत्पादन नै बढ्छ,’ उनले भने । प्राविधिकलाई देखाएर उपचार गरे पनि उत्पादन भने ह्वात्तै घट्ने उनले बताए ।  रोगको कारण आधाजसो उत्पादन घट्ने उनको अनुमान छ । ‘रोग नलागेको भए कम्तीमा ३० क्विन्टल धान उत्पादन हुनेथियो । अब आफ्नो बालीबाट १२ देखि १५ क्विन्टल मात्र उत्पादन हुन पनि मुश्किल छ,’ मरहट्ठाले भने ।  उनी मात्र होइन, धान खेती गर्ने प्रायः सबै किसानको खेतमा यस्तै समस्या बग्रेल्ती देखिएको छ । खैरहनीको वडा नम्बर १, २, ३, ७, ९, १०, ११, १२ र १३ का किसानले लगाएको धानमा रोगको संक्रमण देखिएको हो । यहाँ फड्के किरा, मिलिबग, सित ब्लाइट, नेक ब्लाष्टजस्ता रोग देखिएको छ । धानमा रोग देखिएपछि किसानहरू नगरपालिका पुगेर जानकारी गराएका छन् । ‘किसान समस्या लिएर पनि आउनुहुन्छ ।  हामी तुरून्तै उहाँहरूको खेतमा पनि पुग्ने गरेका छौं,’ नगरपालिका कृषि अधिकृत गौरव न्यौपानेले भने, ‘धानमा देखिएको रोगका बारे उचित परामर्श समेत दिन्छौं । तर, यसको समाधान तत्काल नहुँदा उत्पादनमा असर पर्ने देखियो ।’ हाल यो ब्याक्टेरियल प्यानिकल ब्लाइट, फड्के किरा, सित ब्लाइट, नेक ब्लाष्ट जस्ता रोग देखिएको र अन्य पालिकामा समेत सर्न सक्ने कृषि अधिकृत न्यौपानेले बताए । कतिपय किसानले प्राविधिकको परामर्शबिनै जथाभावी विषादी प्रयोग गरेको पाइएकोले पनि समस्या भएको उनको भनाइ छ । अहिले खैरहनीमा सावा मन्सुली र सावित्री धान लगाइएको छ । सावा मन्सुली लगाइएको मध्ये ७० प्रतिशतमा र सावित्रीमा ३०÷३५ प्रतिशतमा रोग देखिएको कृषि अधिकृत न्यौपानेले जानकारी दिए । खैरहनी जिल्ला धानखेतीको पकेट ठाउँ हो । यहाँ दुई बाली धान लगाइन्छ । कृषि ज्ञान केन्द्र, चितवनका सूचना अधिकारी सुरूची त्रिपाठीले पूर्वी चितवनमा मात्र नभई पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको बताइन् । उनका अनुसार कार्यालयमा दैनिक तीन–चार जना यो समस्या लिएर आउने गरेका छन् । ‘धानमा लागेको समस्या लिएर आउनेको किसानको संख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ,’ उनले भने ।  कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताइन् । चितवनको खैरहनीबाहेक राप्ती, रत्ननगर, कालिका नगरपालिकामा पनि धानमा रोग देखिएको छ । चितवनमा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

देउखुरी– दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन्  । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ । घोराही उपमहानगरपालिका-६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन् । […]

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीको कारण सयौँ हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ । असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल रुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगाता

कञ्चनपुरमा बाढीले पाक्नै लागेको धान खेती नष्ट, किसान चिन्तित

लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति पुर्‍यायो ।

बाढीले खेती नोक्सान गरेपछि कञ्चनपुरका किसान चिन्तित

काठमाडौँ- कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पुर्‍याएपछि किसान निराश बनेका हुन् । लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति […]

पानी नपर्दा कैलालीका किसान चिन्तित

धनगढी । कैलारी ५ पबेराको वीरबहादुर चौधरीलाई रोपाइँको सिजनमा महँगो डिजेल र मल समस्याका कारण चिन्तित छन् । यसपालिको धान खेती गरेर पार नलाग्ने सोचमा उनी छन् । किसानको समस्या त कसैले सुन्दैनन् वीरबहादुर चौधरीले भने–‘मलखाद त पाइँदैन महँगो डिजेलले थप समस्या भएको छ ।’ वीरबहादुर एक प्रतिनिधि पात्र मात्रै हुन्...

खाद्य कम्पनीले धान खरीद नगर्दा कैलालीका किसान चिन्तित

पुस ८, कैलाली । कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी थिए । १२ बिघा क्षेत्रफलमा धान खेती गरेका विक्रम आफ्नो खेतको धान हेरेर आफैँ मख्ख पर्थे ।  उनको त्यो खुसी धेरै समय रहेन । धान काटेर खेतभरी बनाइएको धान बाढीले बगायो । बाँकी रहेको धान सरकारले तोकेको समर्थन मूल्यमा विक्री गर्न पाएपछि लगानीसम्म आउला भन्ने आशा विक्रमको मरेको थिएन । कात्तिकमा भित्र्याएको धान खाद्यको पर्खाईमा पुससम्म घरमै रह्यो । अन्ततः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरीदका लागि टीकापुर नगरपालिका–७ मा खरीद केन्द्र स्थापना गरी धान खरीद शुरु गरेपछि विक्रम बाढी र डुबानबाट बचाएको २० क्विन्टल धान ट्र्याक्टरको ट्राली भरेर सत्ती पुगे ।  खाद्यले विक्रमको धान तोकिएको मापदण्डअनुसार नभएको भन्दै फिर्ता गर्यो ।  ‘मूल्य पाइन्छ भनेर बाहिर धान विक्री गरिएन । केन्द्रले पनि धान गुणस्तरीय छैन भन्दै फिर्ता गरिदियो’, उनले भने, ‘बाढीबाट बचाएको धान बेचेर लगानी उठाउने आश थियो, त्यो पनि मर्‍यो ।’ विक्रम त्यसको एक उदाहरण मात्रै हुन् । कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानसँग यो वर्ष गुणस्तरीय धान छैन । अधिकांश धान बाढीमा बगेर गएको भए पनि डुबानमा परेको धान मुस्किलले बचाएको धान खाद्यले खरीद नगर्दा अर्को वर्ष धान रोप्नका लागि चाहिने खर्चको जोहो गर्न समस्या हुने किसान सुरेश चौधरीले बताए । ‘ट्राली भरेर खाद्यको खरीद केन्द्रमा धान विक्री गर्न पुगियो । पछि गुणस्तर पुगेन भनेर धान फिर्ता गरिदियो’, उनले भने, ‘बजारमा विक्री गर्दा एक हजार २०० मा विक्री गर्नुपर्ने बाध्यता छ । लगानी नै नउठ्ने भएपछि विक्री गरेर पनि के गर्नु ?’ टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौँरा थारुले किसानको धान खरीदका लागि सरकारले खाद्यलाई दबाब दिनुपर्ने बन्दै किसानसँग बाढी र डुबानबाट बचेको धान जुनसुकै हालतमा सरकारले खरीद गर्नुपर्ने बताएका छन् । ‘किसानलाई गुणस्तरीय धान ल्याउभन्दा किसानले कहाँबाट ल्याउन सक्छ । किसानसँग जस्तो धान छ, उसले त्यस्तै ल्याउने हो । त्यो धान खाद्यले खरीद गर्नुपर्छ’, वडाध्यक्ष रामलालले भने, ‘स्थानीय सरकारले किसानको धान खरीद गर्नसक्ने क्षमता छैन ।  प्रदेश वा संघीय सरकारले तत्काल किसानको खेतमा जस्तो धान उत्पादन भएको छ, त्यो धान खरीद गर्नुको विकल्प छैन ।’ उनले टीकापुर नगरपालिका–७ सत्तीमा धान खरीदका लागि आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरीद नै नगरी फर्किएको बताउँदै त्यसले किसानमा झनै पीडा थपिएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले गत मंसिर २२ गतेदेखि किसानको धान खरीद शुरु गरेको थियो । आजसम्म कम्पनीले १४ क्विन्टल धान मात्रै खरीद गरेको छ । कम्पनीले पहिलो चरणमा ३५ हजार क्विन्टल किसानले उत्पादन गरेको धान खरीदका जिम्मा पाएको थियो ।  पहिलो चरणमा धनगढी र सत्तीबाट धान खरीद शुरु गरेको भए पनि सत्तीमा पहिलो दिनमै किसानसँग विवाद भएपछि धान खरीद बन्द गरिएको कम्पनीका कैलाली प्रमुख इन्जिला बस्नेतले बताए ।  ‘हामीले धान खरीद बन्द गरेका छैनौँ । किसानसँग गुणस्तरीय धान नभएका कारण धान खरीद बन्द भएजस्तै छ’, कार्यालय प्रमुख बस्नेतले भने, ‘हामीलाई जस्तो निर्देशन आएको छ त्यसैअनुसार काम गर्ने हो । अब एक क्विन्टल धानबाट ६४ दशमलव शून्य ५ प्रतिशत चामल निस्कनुपर्छ । त्यो अहिले खरीद भएको धानबाट निस्कने कुनै सम्भावना छैन ।’ उनले किसानले पहिले काटेको धान बाढी र डुबानले बिगारेको र पछि काटेको धान बढी पाकेर बिग्रेका कारणले पनि किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरीद गर्ने खालको धान नभएको बताए ।  कैलालीमा मोटा धान खरीदका लागि मात्रै परिपत्र भएको बताउँदै प्रमुख बस्नेतले जुन धान रू. दुई हजार ७५२ मा खरीद गर्दै आएको बताए ।  ‘हामीले भनेर केही हुँदैन । केन्द्रबाट आएको निर्देशनानुसार हामीले काम गर्ने हो’, उनले भने, ‘तोकिएको मापदण्डभन्दा तलमाथि भएको धान खरीद भएको अवस्थामा हामीले पनि कारवाही भोग्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा आफँैलाई जोखिममा राखेर धान खरीद गर्नसक्ने अवस्था पनि भएन ।’ उनले यो वर्ष किसानसँग कम्पनीले तोकेको मापदण्डअनुसारको धान नभएकाले अब धान आउने सम्भावना पनि निकै कम भएको बताए ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरको मातहतमा टीकापुरमा मात्रै चार÷पाँच ठाउँबाट धान खरीद हुँदै आएकोमा अहिले त्यहाँका गोदाम चामलले भरिएको छ । रासस

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

सर्लाही, २ कात्तिक: आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि त्यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । उनले भने “ काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको […]

लगातारको वर्षाले तरकारी खेती सखाप, किसान चिन्तित

असार १९, महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् ।  भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, लट्टे (ठडीया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल  र करेलासहितका तरकारीका लहरा पनि लगातारको पानीले गलाएर पहेंलिएका छन् ।  असार लागेदेखि परेको पानी र पछिल्ला चार  दिन यताको निरन्तरको वर्षाले यसपाली बर्खे र भदौरे दुवै (भदौदेखि उत्पादन दिने) तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मंगलवारदेखि लगातार पानी पर्दै आएको छ । ‘तरकारीका बेला (लहरा)  पानीले गलाएर पँहेलिएका छन् , तरकारीका बोट पानीले सोत्तर बनाएर लडाएको छ’, जिल्लाको भंगाहा नगरपालिका–४ रामनगरका किसान गंगाराम महतो भन्छन्, ‘खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, अब तरकारीबाट आस मर्‍यो ।’ सधैंजसो भदौपछि लगालगी पर्ने चाडपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि तरकारीको हाहाकार नै हुने र मूल्य आकासिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ । लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै  बजारमा तरकारीको मूल्य आकासिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महँगाइको मारमा परेका छन् ।  लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त महँगो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीयतहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।   लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर,जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् । तरकारी बाली र सडक यातायातमा असजिलो बढेपनि असार मध्यसँगैको वर्षाले खेतका ग¥हा टन्न भरिदा पानी थामिएपछि धान रोप्न पाइने किसानको आश छ । तर यसअघि रोपिएको रोपो पानीले गलाउने र अबको रोपाइँका लागि बीउ अपुग हुनसक्ने चिन्ताले किसान पिरोलिएका छन् ।  जिल्लामा करीब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने भनिएपनि मौसमको प्रतिकूलताले यसपालि अहिलेसम्म एक चौथाई रोपाइँ पनि हुन सकेको छैन । हिउँदे धान भने साउन तेस्रो सातासम्म रोप्न सकिने हँुदा आत्तिहाल्नु पर्ने गरी समय नसिद्धिएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरका विज्ञले बताएका छन् । रासस

धानको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित

न्युज अफ नेपाल, भद्रपुर । उत्साहसाथ धान खेती गरिरहेका किसान मूल्य नपाउँदा चिन्तित देखिएका छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारले झापामा किसानलाई चैते तथा बोरो धान खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याए पनि उत्पादित धानको बजारीकरण तथा उचित मूल्य नपाउँदा चिन्तित देखिएका हुन् । चिस्यानको मात्रा धेरै रहने चैते धान सुकाउने प्रविधि (ड्रायर) उपलब्ध […]