कसैको बहुमत नभएको संसद : २०५१ मा कतिसम्म बदनामी व्यहोरेको थियो मुलुकले ?
कुनै पनि दलको बहुमत नहुँदा सांसदहरू लोकतन्त्रप्रति निष्ठावान् भएनन् भने कस्तोसम्म अवस्था आउँछ भन्ने २०५१–५६ को संसदले देखाएको छ । प्राडो, पजेरो सुविधा र सत्ता जोगाउन सांसदलाई बैंकक् भ्रमण गराउने हर्कत देखेकाहरू भन्छन्– यो संसदले त्यसबाट पाठ सिकोस् ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनयन दर्ता भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो । उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुदैछ
काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएसँगै राजनीतिको केन्द्र अब संसद बनेको छ । सरकारले आगामी फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
फागुन २३ देखि सुरु हुने बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वासको प्रस्ताव ल्याएर हटाउने रणनीतिमा नेकपा प्रचण्ड–नेपाल समूह छ भने अविस्वासको प्रस्ताव फेल गरी प्रचण्ड–नेपाललाई सत्तामा आउनै नदिने रणनीतिमा ओली समूह छ । त्यसका लागि दुवै पक्षले संसदीय जोड घटाउ गरिरहेका छन् ।
संसदको बैठकअघि प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गर्ने बताएको छ । त्यसको लागि संसदीय दलमा बहुमत सांसदको आवश्यकता पर्छ । सामान्यतया अहिले प्रचण्ड नेपाल समूहसँग संसदीय दलमका बहमत भएपनि नेता कार्यकर्ता यताउता गरिरहेको अवस्थामा आफ्नै सांसदहरुप्रति उनीहरुले पुरै भरोसा गर्न सकिरहेका छैनन् ।
ओली र प्रचण्ड नेपाल समूहमा सांसदहरुको संख्या थोरैमात्र कमवेशी छ । अहिले दुवै पक्ष एक अर्काले आफ्ना समूहका सांसद किन्न थालेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिन थालेका छन् ।
कुन पक्षमा कति सांसद ?
पुनर्स्थापित प्रतिनिधि सभामा नेकपाका १ सय ७४ सांसद थिए । जसमा अग्नि सापकोटा सभामुख बनेका र सांसद सानु शिवाको निधन भएपछि हाल प्रतिनिधि सभामा मतदान गर्ने नेकपा सांसदको संख्या १ सय ७२ कायम छ । जसअनुसार नेकपाको संसदीय दलमा बहुमत पुर्याउनका लागि ८७ सांसदको समर्थन चाहिन्छ । सभामुखले कुनै विषयमा निर्णायक मत हाल्नुपर्ने अवस्था आइपरे मात्र मतदान गर्ने अभ्यास छ ।
प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनपछि गरेको संसदीय दलको बैठकमा ९३ सांसद उपस्थित रहेको जनाएको थियो । त्यसमध्ये यसबीचमा गौरीशंकर चौधरी, प्रभु साह, शेरबहादुर तामाङ, भैरबबहादुर सिंहलगायतका सांसद ओलीको पक्षमा लागेका छन् । ओली समूहमा रहेकी समिना हुसैन प्रचण्ड–नेपाल समूहमा खुलेकी छिन्।
यसरी ओली समूहमा हालसम्म ८२ जना सांसद भएपनि दुवै पक्षका गरी करिब २० जना सांसदहरु ‘यताउता’ हुनसक्ने आकलन उनीहरुले गरेका छन् । त्यसले गर्दा प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन ढुक्क हुनसक्ने अवस्थामा प्रचण्ड–नेपाल समूह छैन भने ओली पनि ...