कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका वडा नम्बर ७ स्थित गेउरियामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार स्थानीय सन्तोष राईलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखाका उद्घाटन वडा नम्बर