भाग्यले डोर्याएर प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सवा एक महिना बितिसक्दा पनि आफ्नो मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। २०५९ सालमा तात्कालीन राजा ज्ञानेन्द्रले ‘अक्षम’ घोषणा गरि प्रधानमन्त्रीबाट बर्खास्त गरे पनि देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बन्न सफल भाग्यमानी नेता भने हुन् ।
केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको प्रतिफल अनि माधव नेपाल र प्रचण्डको प्रतिशोधपूर्ण राजनीतिको सहयोगी बनेर सत्तारोहण गरेका देउवाको एक महिना पूरा हुँदासमेत मन्त्रिपरिषद्ले आकार ग्रहण गर्न नसकेपछि उनको क्षमतामाथि प...