महाकाली पुलले जगाएकाे आशा : सुख्खा बन्दरगाह र करिडोर निर्माणपछि बन्न सक्छ त्रिदेशीय नाका

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निर्माणाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निर्माण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहरमा सहज पहुँच हुनेछ । विसं २०७४ मा सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ । ३ अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार मानव निर्मित ताल निर्माणाधीन अवस्थामा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२, ओदाली र दोधारा–चाँदनी नगरपालिकामा चार लेनको पुल बनेको हो । सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विकास भए ‘सुदूरपश्चिम समृद्ध’ बन्ने यहाँका व्यवसायी बताउँछन् । भारतका प्रमुख व्यापारिक सहर यहाँबाट छोटो दूरीमा पर्छन् । भारतको राजधानी दिल्ली यो पुलबाट ३५० किलोमिटरको मात्रै दूरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट धेरै नजिक छन् ।  हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमन नहुँदा यहाँका व्यवसायीले सहजरूपमा आयात निर्यात गर्न पाएका छैनन् । सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारी साधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायी बताउँछन् । महाकाली नदीमा पुल निर्माण सम्पन्न भइसकेको र सुख्खा बन्दरगाह निर्माणको काम पनि अघि बढिसकेकाले सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने ठूलो अवसर आएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधव जोशीले बताए । उनले हाल प्रयोगमा आएको शारदा ब्यारेज दैनिक ७ घण्टा मात्रै खुला हुने र त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको बताए ।  ‘महाकालीमा बनेको पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ,’ उनले भने, ‘योसँगै तेस्रो मुलुकसँगको व्यापारको ढोका खुल्छ, जसका कारण यहाँ हरेक किसिमका व्यापार व्यवसाय फस्टाउँछन् ।’ उनले पश्चिमी नाका सुचारु भए मात्रै यहाँको विकासको ढोका खुल्ने बताए ।  व्यवसाय मात्रै नभई पर्यटनको ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल यहाँबाट ३५० किमिको दूरीमा रहेको छ । जसका कारण यो नाकाबाट आउने तेस्रो मुलुकबाट आउने पर्यटकका लागि सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको कञ्चनपुर होटेल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले बताए ।  सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले यहाँको पर्यटन फस्टाउन नसकेको उनको भनाइ छ । ्‘महाकालीमा पुल बनिसक्यो अब यो नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रूपमा आउन जान सक्छन्,’ उनले भने, ‘महाकाली नदी आफैमा पर्यटकीय गन्तव्य बन्न यहाँ होटेल खुल्छन् र आर्थिक गतिविधि बढ्नेछन् ।’  उनले भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले महाकाली पुलले ठूलो टेवा पुग्ने बताए ।  कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल महाकाली पुल र सुख्खा बन्दरगाह यहाँको विकासका लागि कोसेढुङ्गा सावित हुने बताउँछन् । ‘यो नाका सुचारु भए भारतका औद्योगिक सहरबाट कम लागतमा वस्तु आयात गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।’ उनले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बर्ताए ।   सुख्खा बन्दरगाह निमार्णसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा बस्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले बताए । ‘यो नाका सुचारु भए नेपाल भारतको सहज आवागमन हुन्छ, लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ,’ उनले भने, ‘यहाँ औद्योगिक र कृषिको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ ।’   दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको निर्देशक अवस्थी बताउँछन् । ‘बन्दरगाहको काम शुरु भइसकेको छ । अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने कि निर्यात पनि गर्ने ? यसको पूर्व तयारीमा लाग्न जरुरी छ,’ उनले भने, ‘यहाँका उत्पादनहरू निर्यात गर्नेगरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ ।’ अर्कोतर्फ नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेकाले धार्मिक पर्यटनको विकास हुने उनले बताए ।  सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रमा लागि जग्गा छुट्याउनुपर्ने र सरकारले कृषिमा बढी लगानी गर्नुपर्ने उनको भनाइ छ ।  महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । पुलको छेउमै पर्यटकका लागि मानव निर्मित ताल निर्माणाधीन अवस्थामा छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चारलेनको पुल निमार्णको काम सम्पन्न भएको बताए । ‘पुलसँगै निर्माण भएका पहुँच मार्ग पनि कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ ।’  उनका अनुसार पुलको उत्तरपट्टि एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका दुई गरी चार पोखरी निर्माण हुँदैछ । अहिले पोखरीका लागि बाँध बाध्ने काम भइरहेको छ ।  ‘पोखरीको बीचमा तीन÷तीन टापु बन्छन्, त्यहाँ डुङ्गा चढेर आउन जान सकिनेछ,’ उनले भने, ‘यहाँ पर्यटकको लागि आकर्षण गन्तव्य बन्नेछ ।’   ३ अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैत्रभित्र सक्नेगरी निर्माण अघि बढेको छ । रासस

सम्बन्धित सामग्री

सुख्खा बन्दरगाह निर्माण हुने भएपछि व्यवसायी खुसी

मधेश प्रदेश अन्तर्गत पर्ने महोत्तरीको दक्षिणी नाका भिठ्ठामोड मलिबारा नाकामा सुख्खा बन्दरगाह निर्माण हुने भएपछि त्यस क्षेत्रका व्यवसायीहरू खुसी भएका छन् । संघीय सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा जलेश्वर भन्सार कार्यालयलाई सुख्खा बन्दरगाह बनाउने सम्वन्धमा वजेट भाषणमा नीतिगत व्यवस्था गरेपछि व्यवसायीहरू खुसी भएका हुन् । संघीय सरकारबाट सो नाकामा सुख्खा बन्दरगाह निर्माण गर्ने स्वीकृति […]

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

‘तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको हो,’ उनले नागरिकसँग भने।...

तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्सलाई

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्सलाई दिएको हो ।भूकम्पले भत्काएपछि २०७६ साल असारमा पुनः निर्माण सम्पन्न भएको तातोपानी सुख्खा बन्दरगाह नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले सञ्चालन गर्दै आइरहेको थियो । तर, व्यापारिक पूर्वाधार सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने लक्ष्यसहित यो बन्दरगाह सञ्चालनको ज

हुम्लाको यारीमा सुख्खा बन्दरगाह अध्ययन सुरु

हुम्लाको नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु भएको छ । काठमाडौंबाट आएका टोलीले नाम्खा ५ को यारी पुगरेर स्थलगत रुपमा  सम्भाव्यता अध्ययन सुुरु गरेको हो...

सुख्खा बन्दरगाह सुदूरपश्चिमको सम्भावनाको आधार : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिमको सम्भावनाको आधार भएको बताएका छन् । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हुने बताए ।उनले लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेर शिलान्यासमै सिमित रहे पनि

सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताए । ‘लामो समयदेखि प्रस्ताव […]

चोभार सुख्खा बन्दरगाह सञ्चालन

काठमाडौं–तराई मधेस फास्ट ट्र्याक बनेपछि मात्र दुई सय २० रोपनीमा फैलिएको चोभार सुख्खा बन्दरगाह पूर्णरूपमा उपयोगमा आउनेछ। द्रुतमार्गसँग नजोडिएसम्म बन्दरगाहको औचित्य पूरा नहुने वाणिज्य क्षेत्रका जानकार बताउँछन्।...

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र […] The post चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चोभार सुख्खा बन्दरगाह एक साताभित्र सञ्चालनमा आउने

काठमाडौं । काठमाडौँको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । भन्सार विभागले सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । एक साताभित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुने विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । उनले कर्मचारी व्यवस्थापन, कानुनी प्रावधान र अन्य काम पूरा भएको […]

तयार भयो चोभार सुख्खा बन्दरगाह (फोटोफिचर)

१८ भदौ, काठमाडौं । काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भएको छ । सीमा नाकाभन्दा टाढा भित्री सहरमा बनेको पहिलो सुख्खा बन्दरगाह सञ्चालनका लागि तयारी अवस्थामा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भन्सार, क्वारिन्टिन र प्रशस्त पार्किङ सुविधासहित अत्याधुनिक सूचना प्रविधिमा आधारित सुख्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न भएको विकास समितिका कार्यकारी […]