काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विना मगरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।उनीहरूले २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो।भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त व