चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ । चलचित्र विकास बोर्डबाट हिन्दीमा डबिङको अनुमति नलिइ डब गरेकाले फिल्मको हिन्दी भर्सनलाई विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क लिने गरी बोर्डले सेन्सर अनुमति दिएको छ ।