राजनीति सत्ता र शक्तिमा मात्र केन्द्रित भयो

नेपालको अर्थतन्त्रले आर्थिक उदारीकरण अपनाएपछि विदेशी लगानी आयो, उद्योगधन्धा फस्टाए । यो राम्रो कुरा हो । तर, हामीले व्यापारमा सन्तुलन मिलाउन सकेनौं । विदेशी उत्पादन नेपाली बजारमा हाबी भयो । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सकिएन । भएको उत्पादन पनि अन्तरराष्ट्रिय बजारमा पस्न सकेन । कुनै बेला नेपालबाट धान र चामल निकासी हुन्थ्यो । आज भारतबाट चामल, तरकारी र फलफूल नआए हामी भोकै पर्ने अवस्था छ । एक समय भारतबाट उखु आएर यहाँ चिनी उत्पादन हुन्थ्यो । आज बाहिरबाट चिनी आयात हुन थालेको छ । वर्षेनि अर्बौं रुपैयाँको कपडा आयात हुन्छ । हामीकहाँ भएको कपडा उद्योग बन्द छन् । कृषिप्रधान देशका कृषि औजार कारखाना बन्द छ । विदेशबाट औषधि आउँछ । नेपालमा औषधिका थुप्रै उद्योग खुलेका छन् । तर, निकासीमा समस्या छ । अधिकांश आयात पनि उपभोग्य वस्तुको छ । आत्मनिर्भर भनिएका उद्योग पनि पूर्ण आत्मनिर्भर छैनन् । कच्चपदार्थ आयातको भरमा चलेको छ । कृषिका लागि आधारभूत मानिएको मलखाद उत्पादन हुन सकेको छैन । नेपालको शिक्षा प्रणाली कस्तो हुने भन्ने दाताको निर्देशनमा तय हुन्छ । यो अनुदानमा आशक्तिको परिणाम हो । वैदेशिक रोजगारीबाट आउने विप्रेषण अनुत्पादक उपभोगमा सकिने गरेको छ । जीडीपीको करीब एक तिहाइ बराबर भित्रिने यो रकमको स्रोत स्थायी छैन । उच्च शिक्षाका लागि अर्बाैं रुपैयाँ बाहिर गएको छ । औषधि उपचारमा रकम बाहिरिएको छ । हामीकहाँ समयमा नतीजा नआएर विद्यार्थी बाहिर जाने अवस्था छ । नेपालको शिक्षा प्रणाली कस्तो हुने भन्ने दाताको निर्देशनमा तय हुन्छ । यो अनुदानमा आशक्तिको परिणाम हो । खर्बौं रुपैयाँको पेट्रोलिमय पदार्थ आउँछ । विद्युत् उत्पादन र खपत बढाउने हो भने यसको प्रतिस्थापन हुन सक्छ । यसबाट व्यापार सन्तुलन हुन सक्छ । सरकारको ढुकुटीमा रकम थन्किएर बसेको । बैंकमा लगानीयोग्य रकमको अभाव देखिएको छ । पर्यटन, ऊर्जा, कृषि र पूर्वाधारका क्षेत्रमा लगानीको खाँचो छ । सरकारले त्यसमा सोचेको छैन । खासमा नेपालले आर्थिक उदारीकरणको समुचित फाइदा लिन सकेको छैन । राजनीति भनेको सत्ता र शक्ति भन्ने मात्र भयो । राजनीतिले अर्थतन्त्रलाई उद्देश्यमा राखेर काम गरे मात्रै देशको अर्थराजनीतिक स्थायित्व हुन सक्छ ।

सम्बन्धित सामग्री

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।...

देश र जनताको सर्वोत्तम हितमा केन्द्रित हुन राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।...

देश र जनताको सर्वोत्तम हितमा केन्द्रित हुन राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।...

गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका हुन् ।  गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्ममात्रै […]

‘नेपालकाे राजनीति एकले अर्कोलाई छक्याउने र ढाल्ने खेलमा केन्द्रित’

काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीको अखडाजस्तो भएको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्नेमा मात्रै केन्द्रित भएको जिकीर गर्नुभयो । आज काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उहाँले पूर्वप्रधानमन्त्रीबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले प्रधानमन्त्रीका […]

राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने

सोमबार सार्वजनिक चुनावी घोषणापत्रमा राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ ।

सत्ता केन्द्रित राजनीति नगर्ने राप्रपाको प्रतिबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ । ‘राप्रपा सत्तामा भन्दा सिद्धान्तमा विश्वास गर्छ,’ घोषणापत्रमा उल्लेखित विवरण उदृत गर्दै स्रोतले

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लगेको प्रतिक्रिया दिए ।उनले भने, “निर्वाचन केन्द्रित बैठक र भेला सुरु भएका छन

महाधिवेशनको पूर्वसन्ध्यामा रोमाञ्चक मोडमा काँग्रेस राजनीति

नेपाली काँग्रेसको राजनीति रोमाञ्चक मोडमा पुगेको छ । काँग्रेसका परम्परागत गुटहरू आवरणमा सग्लै छन् तर भित्रैभित्रै नराम्रोसँग भत्किसकेका छन् । यतिबेला नेताहरू गुटको होइन, आफ्नो राजनीतिक भविष्य जोगाउन केन्द्रित बनेका छन् । १४औँ महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोटसँगै काँग्रेस राजनीतिले गुटको राजनीतिलाई छिन्नभिन्न बनाइदिएको छ । यद्यपी नेताहरू आफ्नो गुट यथावत रहेको सन्देश दिने कोशिसमा छन् । र, यसले सबैभन्दा ठूलो धोका गुट सम्हाल्दै आएका दोस्रो दर्जाका नेताहरुले बेहोर्ने पक्कापक्की छ । मंगलब

धर्म, धर्मनिरपेक्षता र राजनीति— ३

नेपालकै परिवेशमा घर, परिवार, व्यक्तिको सामाजिक परिधि, आर्थिक र सामाजिक पुँजी धर्म र राजनीतिसँग जोडिएको देखिन्छ । छुवाछूत त धर्मसँग टाँसिएको देखिन्छ । त्यसलाई भजाउने र राजनीतिसँग जोडेर स्वार्थ सिद्ध गर्नेहरूको बाहुल्यता सा-है धेरै प्रयोग गरेको भेटिन्छ ।यहाँ नेपालकै यो बजार केन्द्रित आधुनिक राजनीति ( नवउदारवादी) मा धर्महरूको प्रकृति, राजनीतिक संस्कारको गतिशीलता र अर्कातर्फ धर्मको […]