काठमाडौ । राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ । कारोबार सुरु भएको एक घण्टाभित्र चार […]
The post शेयर बजारमा सर्किट, कारोबार रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । ३ पटक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार नै स्थगित भएको छ । सत्ता गठबन्धन फेरिएको संकेत सोमवार (आज) शेयर बजारमा देखिएको हो ।
आज कारोबार शुरु भएको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि खुलेको कारोबारमा फेरि थप १ प्रतिशत विन्दु अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि १२ः०४ बजे खुलेको बजारमा बजारमा तेस्रो सर्किट ब्रेक लागेको थियो ।
समग्रमा आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । यससँगै नेप्से परिसूचक २०७८ विन्दु कायम भएको छ ।
आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन दुई सय ३७ कम्पनीको नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् ।
कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज शुक्रबार २ घण्टा शेयर कारोबार हुने भएको छ । नेप्सेको संचालक समितिको बैठकले हरेक शुक्रबार पनि शेयर कारोबार गर्ने र शुक्रबारको कारोबारको लागि बिहान ११ बजेदेखि १ बजेसम्मको समय तोकेको छ । सोहि अनुसार आज असारको पहिलो शुक्रबार यो निर्णय कार्यन्वयन हुने भएको हो । नेप्से सञ्चालक समितिको जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार गर्ने र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने उल्लेख छ । शुक्रबार २ घण्टा मात्र कारोबार हुने भएपनि त्यस दिनको लागि लागु हुने सर्किट ब्रेकको नियमबारे केहि पनि थप निर्णय नभएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । आइतबार सार्वजनिक विदा दिनु अघि शेयर कारोबार आईतबारदेखि बिहिबारसम्म संचालन हुने गरेको थियो । अब भने सातामा ६ दिन नै कारोबार हुने छ । तर शुक्रबार ११ बजेदेखि १ बजेसम्म शेयर कारोबार हुने छ ।
अबदेखि आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । नेप्से सञ्चालक समितिको आज जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको हो ।जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार हुने छ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने छ । शुक्रबार २ घण्टा मात्र कारोबार हुने भएपनि त्यस दिनको लागि लागु हुने सर्किट ब्रेकको नियमबारे केहि पनि थप निर्णय नभएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । आइतबार सार्वजनिक विदा दिनु अघि शेयर कारोबार आईतबारदेखि बिहिबारसम्म संचालन हुने गरेको थियो । अब भने सातामा ६ दिन नै कारोबार हुने छ । तर शुक्रबार ११ बजेदेखि १ बजेसम्म शेयर कारोबार हुने छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा भएको छ। नेप्सेले आज जेठ १६ गतेदेखि लागु हुने गरि बैंकका आधारभूत शेयरधनीहरुको बाहेकको शेयर कारोबार फुकुवा गरेको हो। नेप्सेले बैंकलाई पठाएको पत्रमा भनिएको छ ' उपरोक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत त्यस कम्पनीको कम्पनी ऐन, २०६३ को दफा ५० को उपदफा (१) बमोजिमका आधारभूत शेयरधनीहरु बाहेकका शेयरधनीहरुको धितोपत्रको कारोबार मिति २०७९/०२/१६ देखि फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारीको लागि अनुरोध छ।'शेयर कारोबार फुकुवा भए लगत्तै कम्पनी शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता ३६७.७० रुपैयाँमा कारोबार भएको छ । बैंकको शेयरको खरिदकर्ता छैनन् ।नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जमा जाने सम्झौता गरेसंगै २०७८ बैशाख ३१ देखि लागु हुने गरि दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।इन्भेष्टमेन्ट बैंकको कारोबार खुला भएपनि हिमालयन बैंकको कारोबार भने तत्कालको लागि रोक्का नै हुने छ । हिमालयनले पनि कारोबार फुकुवा गर्न सकिने बारेको राष्ट्र बैंकको पत्र ल्याएमा हिमालयनको पनि कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ । हिमालयन बैंकको विशेष साधारणसभाले मर्जरमा नजाने निर्णय गरेसंगै दुवै बैंकको मर्जर प्रक्रिया भाडिएको थियो। दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने तयारीमा थिए ।
काठमाण्डाै - पाँच प्रतिशतले घटेपछि शेयर बजारको कारोबार बन्द भएको छ । बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अङ्क अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज कारोबार भएका दुई सय १५ वटा कम्पनीमध्ये सनराइज बैंक डीबेञ्जर, सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, नविल सम्बृद्धि फण्ड र सिटिजन म्युचुअल फण्डबाहेक सबै कम्पनीको शेयर घटेको छ ।बजार बन्द हुनुअघि ४० वटा कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
काठमाण्डाै – पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर बजारको कारोबार फेरि सुरु भएको छ ।
बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अंक अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । पाँच प्रतिशतले घटेपछि बजार ४० मिनेटको लागि बन्द भएको थियो । एकपटक बन्द भएर फेरि खुलेको बजारमा सामान्य सुधार भइरहेको छ ।
काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ । ३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ । सानिमाको २ […]