आज शुक्रबार २ घण्टा शेयर कारोबार हुने भएको छ । नेप्सेको संचालक समितिको बैठकले हरेक शुक्रबार पनि शेयर कारोबार गर्ने र शुक्रबारको कारोबारको लागि बिहान ११ बजेदेखि १ बजेसम्मको समय तोकेको छ । सोहि अनुसार आज असारको पहिलो शुक्रबार यो निर्णय कार्यन्वयन हुने भएको हो । नेप्से सञ्चालक समितिको जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार गर्ने र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने उल्लेख छ । शुक्रबार २ घण्टा मात्र कारोबार हुने भएपनि त्यस दिनको लागि लागु हुने सर्किट ब्रेकको नियमबारे केहि पनि थप निर्णय नभएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । आइतबार सार्वजनिक विदा दिनु अघि शेयर कारोबार आईतबारदेखि बिहिबारसम्म संचालन हुने गरेको थियो । अब भने सातामा ६ दिन नै कारोबार हुने छ । तर शुक्रबार ११ बजेदेखि १ बजेसम्म शेयर कारोबार हुने छ ।