कान्स फिल्म फेस्टिबल २०२२ को रेड कार्पेटमा एक महिलाले हंगामा मच्चाएकी छिन् । हंगामा त्यतिबेला भयो जब कान्स रेड कार्पेटमा एक महिला आइन् र टपलेस भएर चिच्याउन थालिन् । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गरेकी थिइन् । उनको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।’७५ औँ कान्स फिल्म फेस्टिबलमा हलिउड अभिनेत्री टिल्डा स्विनटोन र इड्रिस एल्बा आफ्नो नयाँ फिल्म थ्री थाउजेन्ड इयर्स अफ लङ्गिङको प्रिमियरमा पुगेका थिए । यसैबीच एक अपरिचित महिलाले आएर चिच्याउन सुर