मिथिलाञ्चलमा लोप हुँदै जोगिरा सररर..., 'डिजे' बज्न थाल्यो

धनुषा – ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । तर पछिल्लो समय होलीको पौराणिकता बिस्तारै हराउँदै गएको छ । पहिलेजस्तो होलीमा कथा, व्यथा तथा व्यङ्ग्यात्मक गीत सुन्न विरलै पाइन्छ । ‘मृदङ्ग, ढोलसँगै डम्फुको स्वर पनि हराउन ...

सम्बन्धित सामग्री

होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतिस्पर्धा, वभनगामाको टोली प्रथम

जनकपुरधाम :  मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा तीन जिल्लाका १० वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा जमुनीवास, बसैहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा…

होली नजिकियो, न बज्न थाले ढोल न गुञ्जिए जोगिरा सररर

होली पर्व नजिक आउँदै छ । होली पर्वको आगमनसँगै कुनैबेला गाउँघरमा राति गुन्जिने होली गीत अचेल लोप हुँदै गईरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकोमा जोगिरा गायक दुखी छन् । उहिले गीत गाएरै फागु आएको संकेत गरिन्थ्यो, अब नत ढोल, मृदंग नै बज्छन न त फागुगीत नै गुञ्जिन्छन्।’

तराई–मधेसबाट लोप हुँदै ‘जोगिरा सररर...’

‘जोगिरा सररर ...’ कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग  कौन तालपर गौरिया नाचे, कौन तालपर हम  जोगिरा सररर ...'  तराई-मधेसमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ। यो मौलिक गीत मधेसका शहर र गाउँ देहातमा होलीका बेला ...