मंगलबार नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटी बैठक बिहान ११ बजे च्यासलस्थित तुलसीलाल भवनमा बस्न लागेको हो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेसँगै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् ।