बारा : जीतपुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थको ठेक्का वापतको राजस्व ठेकेदारले बुझाउनुअघि नै उसको बैंक धरौटी फुकुवा गरिदिएको छ।विनोद निर्माण सेवाले चैत मसान्तभित्र बुझाउनुपर्ने तेस्रो किस्ता वापतको ३ करोड १२ लाख रूपैयाँ राजस्व उपमहानगरलाई बुझाउनुभन्दा पहिले नै उसको बैंक ग्यारेन्टी फुकुवा गरिदिएको हो।उपमहानगरले एनसिसी बैंक कलैयाको बैंक ग्यारेन्टी जेठ ४ गते फुकुवा भएको राजस्व शाखाले जनाएको छ।जीतपुरसिमरा उपमहानगरले भ्याटबाहेक गत आवमा १२ करोड ७६ लाख ७७ हजार ९ सय ९१ रूपै