फिफा विश्वकप २०२२ आयोजना गर्न कतार तम्तयार छ । यतिबेला लाखाैँ दर्शक र हजाराैँ खेलाडीलाई पर्खिरहेका छन् यहाँका रंगशाला ।विश्वकप आयोजनाका लागि तयार पारेका भव्य रंगशालाले एकतर्फ विश्वको ध्यान तानिरहेको छ । तर अर्कोतर्फ ती पूर्वाधार निर्माणका पछाडि रगत पसिना बगाएका श्रमिकमाथि अन्याय भयो भन्ने आलोचना पनि खेपिरहेको छ कतार । जुन संरचना निर्माणमा हजारौँ नेपाली श्रमिक पनि खटिएका थिए । यही प्रशंसा र आलोचनाकैबीच कतारले पर्सि आइतवार फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछ । 'नाउ इज अल&...