मङ्सिर ४ गते नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ। निर्वाचनमा मतदान गर्ने समय साँझ ५ बजेसमयसम्म तोकिएको छ ।मतदान कार्य सकिएको केहि समय भित्र विश्व फुटबलको महाउत्सव अर्थात् फुटबल विश्वकप सुरु हुने छ । कतारमा हुने विश्वकपको उद्घाटन खेल मङ्सिर ४ गते नै नै हुने छ । उद्घाटन खेल अगाडी नेपाल समय अनुसार साँझ ७:३० बजे विश्वकपको औपचारिक उद्घाटन समारोह हुने छ । त्यसपछि राति ९:४५ बजे आयोजक कतार र इक्वेडरबीच विश्वकपको उद्घाटन खेल सुरु हुने छ ।पहिलो दिन एक मात्र खेल हुने छ । त्यस पछि अन्य दिनमा भने १ भन्दा बढी खेल हुने छन् । पहिलो पटक मध्यपूर्व देशमा विश्वकप हुन लागेको हो । कतारमा अध्याधिक गर्मी हुने भएकोले पहिलो पटक जाडोयाममा विश्वकप हुन लागेको हो । आयोजकको हिसाबले कतारले पहिलो पटक विश्वकप खेल्दै छ । विश्वकप आयोजना गर्ने देशले छनौट चरणका खेलहरु नखेली स्वत विश्वकप खेल्ने शौभाग्य पाउने गरेको छ ।प्रतियोगितामा ३२ टिम समावेश छन् । ३२ टिमलाई ८ वटा समुहमा विभाजन गरिएको छ । हरेक समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका देशसँग १ खेल खेलेपछि समुहको शिर्ष स्थानमा रहने २ टोली अर्को चरण अर्थात् नक आउट चरणमा प्रवेश गर्ने छन् । यस्तो छ समुह: समुह ए : कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड समुह बि: इंङल्याण्ड, इरान, अमेरिका, वेल्स, समुह सी: अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड समुह डि : फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसियासमुह ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान, समुह एफ : बेल्जियम, क्यानाडा, मोरोक्को, क्रोएसियासमुह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, केमरुनसमुह एच : पोर्चुगल , घाना, उरुग्वे, साउथ कोरिया ४ पटक विश्वकप जितेको इटालीले छनौट चरण पार गर्न नसकेपछि यो विश्व खेल्ने छैन । त्यस्तै छनौट चरण पार गर्न सक्ने अनुमान गरिएका कोलम्बिया, स्विडेन, चिली, नाईजेरिया, इजिप्ट , अल्जेरिया पनि छनौट हुन सकेनन् । रुसले युक्रेनमा आक्र्मान गरेपछि फिफाले रुसलाई प्रतिबन्ध लगाएका कारण रुस पनि प्रतियोगितामा छैन । युक्रेन भने छनौट चरण पार गर्न सकेन ।प्रतियोगितामा मङ्सिर ४ देखि मङ्सिर १६ सम्म समुह चरणका खेलहरु हुने छन् । मङ्सिर १७ देखि मङ्सिर २० सम्म प्रि क्वाटरफाइनलका खेलहरु हुने छन् । त्यस्तै मङ्सिर २३ र मङ्सिर २४ मा क्वाटरफाइनलका खेल हुनेछन् । मङ्सिर २७ र २८ मा सेमिफाइनलको खेल हुने छन् भने पुस ३ गते फाइनल खेल हुने छ ।
चैत १९, काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ ।
नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ ।
उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् ।
सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ ।
लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् ।
विश्व नम्बर एक ब्राजिलसहित स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन समूह ‘जी’ मा रहेको छ ।
आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् ।
यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् ।
कुन समूहमा कुन - कुन राष्ट्र ?
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड)
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु)
समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड)
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना
कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता