सडकको धुलोले स्वास्थ्यमा असर गरेको भन्दै डेढ घण्टा सडक बन्द

तुलसीपुर : चार लेन सडक समयमै निर्माण नभई सडक अस्तव्यस्त हुँदा समस्या भोगेको भन्दै तुलसीपुरका बासिन्दाले करिब डेढ घण्टासम्म सडक बन्द गरे। मंगलबार बिहान करिब साढे १० बजेदेखि उनीहरूले घोराही-तुलसीपुर सडक खण्डअन्तर्गत हात्तीखौवा चोक बन्द गरे। लामो समयदेखि सडक निर्माण नहुँदा आफूहरूले धेरै समस्या भोगेको भन्दै बाध्य भएर सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ। तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी सावित्री श्रेष्ठले सडकका कारण आफूहरूले धेरै समस्या भोगेको बताइन्। सडक अस्तव्यस्त हुँदा गाडीले धेरै धुलो उडाएर आफूहरू बस्न...

सम्बन्धित सामग्री

साढे ६ वर्षमा पनि बनेन हुलाकी सडक

महेन्द्रनगर (कञ्चनपुर) । ३० महीनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे ६ वर्षमा पनि पूरा हुन सकेको छैन । विसं २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन् । धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरको तीनवटा प्याकेजमध्ये हुलाकी सडकको दुईवटा खण्डको ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको बताए । ‘पाँचौं पटक थपिएको म्याद गत असारमा सकिएपछि निर्माण कम्पनीलाई काम गर्ने समय थप गरिएको छैन,’ उनले भने, ‘अहिले आएर बल्ल ठेकेदारहरूले काम गर्ने तयारी गरिरहेको देखिन्छ ।’ कञ्चनपुरमा डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटरको पहिलो प्याकेज पाँचौं पटकको म्याद थपमा सकिएको थियो । यहाँ बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ भने बाँकी कालोपत्र गर्न निर्माण कम्पनीले सुरसार गरिरहेको कार्यालयको भनाइ छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धिसाई जेभीले पाएको थियो । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न गरेको अवरोध कायम छ । त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए ।  सो प्याकेजमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने भूभाग कालोपत्र हुन सकेको छैन । समयमा सडक बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले बुधवारदेखि सो हुलाकी सडकमा पैदल यात्रा गर्ने अभियान सञ्चालन गर्दैछ । उक्त पार्टीका नेता जनक धामीले दोब्बर समय सकिँदा पनि सडक नबनेपछि आफूहरू रचनात्मकरूपमा दबाब दिन ६४ किलोमिटर नै पैदल यात्रा गर्न लागेको बताए । ‘समयमा सडक नबन्दा दुईजनाले सो सडकमा ज्यान गुमाउनाका साथै दक्षिण क्षेत्रको उत्पादन बजारसम्म सहजरूपमा पु¥याउन सकिएको छैन,’ उनले भने, ‘सडकको धुलोधुवाँले स्वास्थ्यमा असर पार्नाका साथै खाल्डाखुल्डी सडकले सिकिस्त खालका बिरामीलाई अस्पताल पु¥याउन पनि गाह्रो छ ।’ सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणाधीन छ । कैलालीमा ७३ किलोमिटर सडक विभिन्न प्याकेजमा निर्माणाधीन रहेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ । हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा २०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको जानकारी दिए । कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्र भएको छ भने बाँकी खण्डमा निर्माण जारी छ । रासस

पोखरा–मुग्लिन राजमार्ग: बिस्तारको ढिलाइले स्वास्थ्यमा असर पर्न थालेको गुनासो

सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा बिस्तारको काम धिमे गतिमा छ। धिमे गतिमा गरिएको कामले आवतजावतमा कठिनाइ त भएको छ नै सर्वसाधारणले राजमार्गको मात्र नभई अरुखाले सास्ती पनि खेप्नुपरेको छ।...

टीकापुरलाई सुन्दर बनाउने परिकल्पना याेजनामै सिमित, चार वर्षमा पनि बनेन सडक

टीकापुर- कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए पनि समयमै नबन्दा नागरिकमा चिन्तित हुन थालेका छन् । एकातिर सडक नबन्ने चिन्ता अर्काेतर्फ सडकको धुलोले स्वास्थ्यमा असर पार्न थालेपछि स्थानीय बासिन्दा के गरौँ भन्न थालेका छन् ।      साढे तीन वर्षअघि निर्माण था...

टीकापुरलाई सुन्दर बनाउने परिकल्पना याेजनामै सिमित, चार वर्षमा पनि बनेन सडक

टीकापुर- कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए पनि समयमै नबन्दा नागरिकमा चिन्तित हुन थालेका छन् । एकातिर सडक नबन्ने चिन्ता अर्काेतर्फ सडकको धुलोले स्वास्थ्यमा असर पार्न थालेपछि स्थानीय बासिन्दा के गरौँ भन्न थालेका छन् ।      साढे तीन वर्षअघि निर्माण था...

बझाङका कच्ची सडक धुलाम्मे, आवतजावत गर्नै कठिन

बझाङ : बर्खायाममा हिलाम्मे हुने बझाङका कच्ची सडक हिउँद लागेसँगै धुलाम्मे हुनेगर्छ। हिउँदे झरी नै नपरेपछि यसपटक त सडक हुँदै आवतजावत गर्न नै समस्या परिरहेको छ।ट्रयाक खनेर स्तरोन्नती नै नगरी छाडिएका कच्ची सडकमा सवारीसाधन, गाईबस्तु र मानिस हिँड्दा पनि कुहिरी मण्डल धुलो उड्ने गरेको छ। सडक व्यवस्थापन र धुलो नियन्त्रण गर्नेतर्फ स्थानीय निकायका पदाधिकारीहरू र कर्मचारीहरूले कुनै चासो दिएका छैनन्‌। धुलोका कारण नागरिकको स्वास्थ्यमा असर परिरहेको छ। जताततै डोजर चलाइएका

‘सडक बनाऊ तर, धुलो नउडाऊ’ - Naya Patrika

मानव स्वास्थ्यमा असर नपर्ने गरि भौतिक संरचना निर्माण गर्न÷गराउन उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जले सरोकारवाला निकायको नाममा अन्तरिम आदेश जारी गरेको छ । मानव स्वास्थ्यमा असर पर्ने गरि सडक निर्माणका...पूरा पढ्नुहोस् »

धुलो नियन्त्रणको माग गर्दै स्थानीय आन्दोलित

दाङ : तुलसीपुर-घोराही-तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तीखौवा चोकसम्मको सडक निर्माणमा ढिलाइ भएपछि धुलो नियन्त्रणको माग गर्दै स्थानीयले आइतबार १ घन्टा सडक बन्द गरेका छन्। तुलसीपुर–घोराहीमा लामो समयदेखि सडकको धुलोले स्वास्थ्यमा असर पारेपछि धुलो नियन्त्रणको माग गर्दै स्थानीयले १ घन्टा चक्का जाम गरेका हुन्। उक्त स...