नगदे बालीमध्ये अलैंची र कुचोको तुलनामा यस वर्ष चिराइतोबाट किसानले राम्रो मूल्य पाएका छन् । चिराइतो खेती गर्ने किसानले गत वर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँभन्दा बढी मूल्य पाएका हुन् । चिराइतो, अलैंची र कुचोजस्ता वस्तु संकलन तथा बिक्री गर्दा ४० किलोको एक मनका हिसाबले कारोबार हुन्छ ।