सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको हो ।